CG Electronics
IME Life
NIMB

‘बर्जर कलर स्प्ल्यास’ बम्पर पुरस्कार विजेताले पाए नगद ५ लाख

NIMB
Himalayan Bank


काठमाडौं । विगत २ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम रु. ५ लाख नगद प्रदान गरेको छ । बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवद्र्धनात्मक अफरअन्तर्गत प्रथम पुरस्कार विजेता रमेश श्रेष्ठलाई पहिलो पुरस्कार बापत लण्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र पनि प्रदान गरेको छ ।

यो योजना २०७६ सालको दशैं तिहारको अवसरमा (भदौ देखि पुस २०७६) संचालन गरिएको थियो, जुन योजना अन्तर्गत ग्राहकहरुले सीमित बर्जर पेन्ट्का उत्पादनहरुको खरीद गर्दा १०० वर्ग फिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गर्नुका र साथसाथै भाग्यशाली गोलाप्रथा र डिजिटल प्रतियोगिता मार्फत् अन्य आकर्षक उपहारहरु जित्ने अवसर पनि दिइएको थियो । योजनामा सहभागी ६००० भन्दा बढी ग्राहकहरु मध्येबाट १७८ जना विजेताहरुको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो ।

यसैगरी लक्की ड्रमार्फत २५ जना विजेताहरुले दोस्रो पुरस्कार वापत् ३२ इन्चको सामसुङ्ग टीभी, ५० जना विजेताहरुले तेस्रो पुरस्कार स्वरुप आन्तरिक ट्रिप र १०० जना विजेताहरुले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम२० पुरस्कारहरु पनि प्राप्त गरेका थिए । योजनाका विजेताहरुलाई बर्जर पेन्ट्स नेपालका कन्ट्रि म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ्ग अफिसर सत्य प्रकाश तथा टर्किस एयरलाइन्स इन्क, नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसिका साथै अन्य अधिकारीहरुको समुपस्थितिमा पुरस्कारहरु वितरण गरिएको थियो ।

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

सन नेपाल लाइफद्वारा सशस्त्र प्रहरीलाई विपद् उद्धार...

वि.सं.२०८३ असार १२ शुक्रवार १६:३३

  काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो...

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच सम्झौता

कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याबबीच...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५९

  काठमाडौं । कुमारी बैंक लिमिटेड र नेसनल प्याथ ल्याब...

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्रलाई सशक्त बनाउन रणनीतिक सहकार्य समझदारी

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५४

  जकार्ता, इन्डोनेसिया | जुन २०२६ : टाइम्स हायर एजुकेसनद्वारा...

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा विश्वकप २०२६ अल्टिमेट सब्स्क्राइबर गिभअवे’ घोषणा

मेस्सीको जन्मदिनमा DGO र हिमालयन स्पोर्ट्सको ‘फिफा...

वि.सं.२०८३ असार ११ बिहीवार १७:५२

  काठमाडौं, असार १० – फुटबलका सुपरस्टार लियोनेल मेस्सीको जन्मदिनको...

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण प्रणालीबारे नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया सम्पन्न

विद्युतीय सवारी साधन बीमा र वैकल्पिक वितरण...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४८

  काठमाडौं, असार ११, २०८३ — नेपाल बीमा प्राधिकरणले विद्युतीय...

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ सहयोग

आईएमई लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५...

वि.सं.२०८३ असार ११ बिहीवार १७:४३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...