nic bank
Nmb bank
Machhapuchchhre Bank

नेशनल बन्यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने माइक्रोफाइनान्स, कति कमायो खूद नाफा ?

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं ।  नेशनल माइक्रोफाइनान्सको खुद मुनाफा दोब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २४ करोड ९१ लाख ६० हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११८.८९ प्रतिशतले धेरै हो ।माइक्रोफाइनान्सले गत आवको तेस्रो त्रैमासमा ११ करोड ३८ लाख २५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०६ प्रतिशतले बढेर ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा माइक्रोफाइनान्सले २२ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा पनि ११९ प्रतिशतले बढेर ३९ करोड ५४ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

हाल ३१ करोड ९४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ३८ करोड ३७ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिसम्म माइक्रोफाइनान्सले २ अर्ब निक्षेप संकलन र ४ अर्ब ६७ करोड सापटी लिई कुल ७ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेर १०४.६५ रुपैयाँ पुगेको छ । यो हाल नेप्सेमा सूचीकृत भएका लघुवित्तमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हो । गत वर्ष चैतमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५८.०६ रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२०.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.२० प्रतिशत र खराब कर्जा २.९९ प्रतिशत रहेको छ ।

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन गरिने

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन...

वि.सं.२०८० चैत १६ शुक्रवार २०:१५

  काठमाडौं । जंगी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको...

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक : मन्त्री अधिकारी

सहकारी क्षेत्रका लागि शक्तिशाली नियामक निकाय आवश्यक...

वि.सं.२०८० चैत १६ शुक्रवार २०:०५

  काठमाडौं । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम...

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

सुरु भयो पहिलो नेशनल हर्टिकल्चर एक्स्पो

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२६

  काठमाडौं । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा पहिलो नेशनल...

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने तयारी

श्रमिकलाई लक्षित गरी अस्पतालहरुमा निश्चित बेड तोक्ने...

वि.सं.२०८० चैत १६ शुक्रवार १६:२१

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अस्पतालमा श्रमिक...

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

मन्त्रलायमा बजेट कम भएको महिला मन्त्रीको गुनासो

वि.सं.२०८० चैत १६ शुक्रवार १३:१२

  काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती...

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न प्राधिकरणको आग्रह

सडक बत्तीको ६ अर्ब बक्यौता तत्काल तिर्न...

वि.सं.२०८० चैत १६ शुक्रवार १०:१४

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक...