CG Electronics
IME Life
Ncell NPL

नेशनल बन्यो सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हुने माइक्रोफाइनान्स, कति कमायो खूद नाफा ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  नेशनल माइक्रोफाइनान्सको खुद मुनाफा दोब्बरभन्दा धेरैले बढेको छ । कम्पनीले सोमबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार २४ करोड ९१ लाख ६० हजार खुद नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ११८.८९ प्रतिशतले धेरै हो ।माइक्रोफाइनान्सले गत आवको तेस्रो त्रैमासमा ११ करोड ३८ लाख २५ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी र सञ्चालन नाफामा पनि आकर्षक वृद्धि भएकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १०६ प्रतिशतले बढेर ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ पुगेको छ । गत वर्ष सोही अवधिमा माइक्रोफाइनान्सले २२ करोड १२ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।यस्तै, सञ्चालन नाफा पनि ११९ प्रतिशतले बढेर ३९ करोड ५४ लाख ९१ हजार रुपैयाँ पुगेको छ ।

हाल ३१ करोड ९४ लाख चुक्ता पूँजी रहेको लघुवित्तको रिजर्भ कोषमा ३८ करोड ३७ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिसम्म माइक्रोफाइनान्सले २ अर्ब निक्षेप संकलन र ४ अर्ब ६७ करोड सापटी लिई कुल ७ अर्ब ३६ करोड कर्जा लगानी गरेको छ । माइक्रोफाइनान्सको प्रतिसेयर आम्दानी झन्डै दोब्बरले बढेर १०४.६५ रुपैयाँ पुगेको छ । यो हाल नेप्सेमा सूचीकृत भएका लघुवित्तमध्ये सबैभन्दा धेरै प्रतिसेयर आम्दानी हो । गत वर्ष चैतमसान्तसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५८.०६ रुपैयाँ थियो । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ २२०.१२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ३२.२० प्रतिशत र खराब कर्जा २.९९ प्रतिशत रहेको छ ।

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...