CG Electronics
IME Life
Ncell NPL

लगानीकर्तालाई उच्च प्रतिफल दिने पुराना बैंकलाई नयाँले उछिने,यी हुन्उ च्च प्रतिफल दिने बैंक

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited
काठमाडौं ।   लगानीकर्तालाई उच्च प्रतिफल दिने बैंकहरूको सूचीमा पुराना बैंकहरूलाई नयाँले उछिनेका छन् । चालु आर्थिक वर्ष २०७७–७८ को तेश्रो त्रैमाससम्मको वित्तीय प्रतिवेदन हेर्ने हो भने सेयरधनीहरूलाई सबैभन्दा बढी प्रतिफल दिनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले लगानीकर्तालाई २३.२६ प्रतिशत प्रतिफल दिएको छ । आक्रामक रूपमा व्यवसाय विस्तार गरिरहेको यो बैंक शाखा सञ्जालका हिसाबले पनि अगाडि छ । उसको पुँजी पर्याप्तता अनुपात ११.४४ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई ११ प्रतिशत पुँजी पर्याप्तता अनुपात कायम गर्न निर्देशन दिएको छ । पुँजी पर्याप्तता अनुपात बढी राख्नेहरूको प्रतिफल केही कम छ । रिटर्न अन इक्विटी अर्थात् लगानीकर्ताले पाउने प्रतिफल कुल आयमा सेयरधनीको स्वपुँजी लगानीले भाग गरेर निकालिन्छ । सेयरधनीको स्वपुँजी लगानी भन्नाले कम्पनीको सम्पत्तिमा यसको दायित्व कटाएर निकालिन्छ ।
त्यसकारण खुद सम्पत्तिमा प्राप्त हुने प्रतिफल दरका रूपमा यसलाई हेर्न सकिन्छ । यो नै कम्पनीको कार्यसम्पादन मापन गर्ने प्रमुख औजार हो । लगानीको कार्यसम्पादन र प्रभावकारितालाई लगानीकर्ताले पाउने प्रतिफलदरले प्रतिनिधित्व गर्छ । उदाहरणका लागि खुद सम्पत्ति ३२ अर्ब २१ करोड रुपैयाँ रहेको ग्लोबल बैंकले लगानीकर्तालाई दिने प्रतिफलदर १६.६६ प्रतिशत छ जबकी त्यो भन्दा आधा कम १४ अर्ब ३९ करोड रुपैयाँ खुद सम्पत्ति रहेको सानिमा बैंकले यसका लगानीकर्तालाई झण्डै २० प्रतिशत प्रतिफल दिइरहेको छ । रिटर्न अन इक्विटी उच्च हुनुले उक्त कम्पनीको नाफा गर्ने क्षमता (प्रोफिट्याबिलिटी) उच्च रहेको जनाउँछ ।
एनआइसी एसिया बैंक जसरी व्यवसाय विस्तारमा आक्रामक नहुँदा पनि सानिमा बैंकले यसका लगानीकर्तालाई लोभलाग्दो प्रतिफल दिएको छ । सानिमा बैंकमा लगानीको प्रतिफलदर १९.७३ प्रतिशत छ । यो बैंकले पुँजी पर्याप्तता अनुपात झण्डै १४ प्रतिशत राखेको छ । पुँजी पर्याप्तता नियामकीय सीमाभन्दा केही माथि हुँदा पुँजी उपयोगविहीन सञ्चित भएका कारण पनि प्रतिफल केही कम देखिन्छ । एनआइसी एसिया बैंककै जसरी नियामकीय आवश्यकता अनुसारको पुँजी पर्याप्तता कायम गर्ने हो भने सानिमा बैंकले प्रतिफल २० प्रतिशत माथि लैजान सक्ने देखिन्छ । क्यापिटल कन्जरभेसन बफरले बैंक तथा वित्तीय संस्थालाई सुदृढ गरेपनि नियामकीय सीमाभन्दा धेरै पुँजी पर्याप्तता अनुपात कायम गर्ने स्ट्याण्डर्ड चार्टर्ड, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतको प्रतिफलदर सोही कारण पनि केही कम भएको देखिन्छ । सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूमा औसत प्रतिफलदर १३.८१ प्रतिशत रहेकोमा १० ओटा बैंकले सो भन्दा माथि प्रतिफल दर कायम गरेका छन् ।
जसमा एनआइसी र सानिमा बैंकका अतिरिक्त सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, प्राइम बैंक, नबिल बैंक, ग्लोबल आइएमइ, एनबी (नेपाल बंगलादेश) बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक, माछापुछ्रे बैंक, मेगा र कुमारी बैंक रहेका छन् । सबैभन्दा न्यून प्रतिफलदर रहेका पाँच बैंकमा सेञ्चुरी बैंक, सिभिल बैंक, नेपाल एसबीआई बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।
बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ सुरु, व्यापारिक गतिविधि बढ्ने अपेक्षा

बिहीबारदेखि काठमाडौंमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’...

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:४१

  काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी...

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...