CG Electronics
IME Life
Ncell NPL

ब्याज आम्दानी घटेर निरन्तर ओरालो लागेपछि बैंक जति शेयर बजारमा ज्यान फालेर लागे,९ महिनामै यसरी ७ अर्ब कमाए

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं ।  कोरोनाको कहरबीच बैंकहरुले नयाँ व्यवसाय बिस्तार अर्थात् कर्जा प्रवाह गरी आम्दानी गर्न नसक्दा वैकल्पिक बाटो अपनाएका छन् ।

बैंक स्थापनाको मुख्य उद्देश्य भनेको बचत गर्ने चाहने बचतकर्ताको रकमबाट ऋण लिन चाहने व्यक्ति तथा संस्थाहरुलाई रकम उपलब्ध गराउनु हो ।

बचतकर्ताको रकम ऋण लगानी गर्दा निश्चित ब्याज तथा सेवा शुल्कवापत रकम ऋणीसँग असुल गर्न पाउने अधिकार नियामकले बैंकहरुलाई दिएको छ ।

बैंकको उद्देश्य वित्तीय मध्यस्थकर्ता भएर ब्याज आम्दानीबाटै नाफा कमाउनु नै हो ।

तर चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरुको ब्याज आम्दानी २.२२ प्रतिशतले घट्दा खुद नाफा भने १३.५० प्रतिशतले बढेको छ ।

नाफामा कमी आउन नदिन बैंकहरुको ब्याज आम्दानी घटेपनि अन्य क्षेत्रमा लगानी गरी आम्दानी गर्दा नाफामा भने वृद्धि भएको सरोकारवालाहरु बताउँछन् ।

चालु आवको चैत मसान्तसम्मको बैंकहरुले प्रकाशित गरेका वित्तीय विवरण हेर्दा बैंकहरुले निक्षेपमा केही प्रतिशत स्प्रेड कायम गरी कर्जा लगानी गरेर ब्याज आम्दानीभन्दा अन्य कारोबारबाट गर्ने आम्दानीको ग्रोथ बढी देखिन्छ ।

गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा वाणिज्य बैंकहरुको खुद ब्याज आम्दानी २.२२ प्रतिशतले घट्दा अन्य सञ्चालन आम्दानी भने १०६.९२ प्रतिशतले बढेको छ ।

गत आवको चैत मसान्तसम्म बैंकहरुको अन्य सञ्चालन आम्दानी ३ अर्ब ३३ करोड ५४ लाख रुपैयाँ थियो । जुन चालु आवको सोही अवधिमा ३ अर्ब ५६ करोड ६३ लाख रुपैयाँले थप भएर ६ अर्ब ९० करोड १७ लाख रुपैयाँ पुर्याएका छन् ।

के हो अन्य सञ्चालन आम्दानी ?
बैंक तथा वित्तीय संस्थाले कर्जा लगानी बाहेक अन्य प्रकारका कारोबारबाट गरेको आम्दानीलाई अन्य सञ्चालन आम्दानी भन्निछ ।

जसमा बैंक तथा वित्तीय संस्थाले गरेको विदेशी विनिमयको पुनः मूल्यांकन आम्दानी, धितो पत्र अर्थात् सेयर बजारको दोस्रो बजारबाट गरिएको सेयर खरिद बिक्रीको नाफा नोक्सानका साथै यसवापत प्राप्त नगद लाभांश र लगानी सम्पत्तिको फेयर भ्यालुको नाफा नोक्सानी समावेश गरिएको हुन्छ ।

साथै, लगानी सम्पत्तिको बिक्रीमा हुने नाफा नोक्सान, सञ्चालित लिज आम्दानी र सुन चाँदीको बिक्रीमा हुने नाफा नोक्सान समावेश अन्य सञ्चालन आम्दानीमा गरिएको हुन्छ ।

सेयर कारोबारले बैंकको अन्य सञ्चालन आम्दानी बढ्यो
पछिल्लो समय बैंकहरुको लगानी र आम्दानीको विवरण हेर्दा बैंकहरु आफ्नो उद्देश्यबाट विमूख हुँदै गएको देखिन्छ । कोरोना भाइसर संक्रमणका कारण समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाप पर्दा बैंकिङ क्षेत्रको व्यवसाय विस्तार समेत गत पुस महिनासम्म सुस्ताएको थियो ।

जसकारण बैंकहरुमा लगानीयोग्य रकम (तरलता) थुप्रिएर बसेको थियो । बैंकिङ व्यवसाय सुस्ताए पनि केही बैंकहरुले सेयर कारोबार गरेर कमाएका बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए ।

राष्ट्र बैंकले चुक्ता पुँजीको १ प्रतिशत सेयर बजारमा लगानी गर्न पाउने सुविधा बैंकहरुलाई दिएको छ । बैंकहरुले सो सुविधामार्फत् सेयर बजारमार्फत् गरेको लगानी नेट ट्रेडिङ इनकममा देखाउनुपर्ने हुन्छ ।

बैंकहरुले राष्ट्र बैंकको प्रावधानमा रहेकर सेयरमा गरेको लगानीदेखि बाहेक सेयर खरिदबिक्री गरी कमाएको आम्दानी अन्य सञ्चालन नाफामा राख्ने अध्यक्ष दाहालले जानकारी दिए ।

‘अन्य सञ्चालन आम्दानीमा सेयरको आम्दानीसँग अन्य आम्दानी पनि राखिन्छ तर केही बैंकहरुको अन्य सञ्चालन आम्दानीमा सेयर कारोबार गरी कमाएको आम्दानीको हिस्सा छ,’ उनले भने, ‘केही बैंकहरुले सेयरबाट राम्रो आम्दानी गर्नुभएको देखिन्छ, त्यसले गर्दा पनि ती बैंकहरुको आम्दानी, नाफा बढाउन सहयोग गरेको छ ।’

अन्य सञ्चालन आम्दानीमा समेटिने अन्य शीर्षकमा आम्दानीको हिस्साभन्दा सेयर कारोबारमार्फत् गरिएको आम्दानीको हिस्ता करिब ९० प्रतिशत जति रहेको उनको अनुमान छ ।

किन बढ्यो ब्याज आम्दानीभन्दा अन्य सञ्चालन आम्दानी ?
सरकारी होस् या निजी संघ सस्था तथा कम्पनीहरु एउटा उद्देश्य लिएर स्थापना भइ सञ्चालनमा आएका हुन्छन् । सम्बन्धित निकायले समेत स्थापनाको उद्देश्यको मूल्यांकन गरेरमात्र सञ्चालनको स्वीकृति दिन्छ ।

बैंकहरुले कोर विजनेशभन्दा नन् कोर विजनेशबाट बढी आम्दानी गर्नु भनेको बैंकहरु आफ्नो उद्देश्यबाट विमूख राष्ट्र बैंकका एक अधिकारीले बताए ।

‘कतिपय विदेशी बैंकहरुमा यस्तो अभ्यास गरिएका छन् तर नेपालका बैंकहरु एकाध बैंकको ब्याज आम्दानीभन्दा अन्य सञ्चालन आम्दानी बढी कहिले काँही बढी देखिए पनि समग्रमा यस्तो अभ्यास शुरु भएको पाइएको छैन ।’

कोभिडको कारणले गर्दा नयाँ कर्जा लगानी नभएर ब्याज आम्दानी घट्दा सञ्चालन आम्दानीको ग्रोथ बढी देखिएको हुन सक्ने उनको भनाइ छ ।

चैत मसान्तसम्म बैंकहरुको वित्तीय विवरण हेर्दा कतिपय बैंकहरुले गत वर्षको सोही अवधिको तुलनामा करिब एक हजार गुणासम्म यस्तो आम्दानी बढाएका छन् ।

बैंक तथा वित्तीय संस्थाले चुक्ता पुँजीको १ प्रतिशत बराबरको रकम सेयर बजारको दोस्रो बजारमार्फत् सेयर कारोबार गर्न सक्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

यस्तो प्रकारको लगानी गत वर्षसम्म कतिपय बैंकहरुले ०.५ प्रतिशतभन्दा कम गरेको भएपनि चालु आवमा १ प्रतिशत कै हाराहारीमा बैंकहरुले सेयर बजारमा लगानी गरेको ति अधिकारीको भनाइ छ ।

साधारणतय नेपालका प्रायः बैंकहरुको कर्जा लगानीलाई मुख्य प्रथमिकतामा दिने भएपनि पछिल्लो समय यस्तो प्रचलन हट्दै गएको एक चार्टर्ड अकाउन्टेन्टले बताए ।

‘वित्तीय विवरणमा अन्य सञ्चालन आम्दानी राख्दा त्यसमा समावेश हुने आम्दानीमा सबैभन्दा बढी सेयर बजार खरिद बिक्रीबाट आएको आम्दानी र त्यस वापत प्राप्त नगद लाभांशको हिस्सा छ,’ ती चार्टर्ड अकाउन्टेन्टले भने, ‘१/२ वर्ष अघिसम्म व्यालेन्ससिट तयार गर्दा अन्य सञ्चालन आम्दानी धेरै बैंकहरुको लाख रुपैयाँसम्म पनि हुँदैन थियो । तर अहिले करोडौं रुपैयाँ सञ्चालन आम्दानी गर्ने बैंकहरु धेरै भइसके ।’

अन्य सञ्चालन आम्दानीको ग्रोथ, कुन बैंकको कति
सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुको चालु आवको चैत मसान्तसम्म २२ वटा बैंकले अन्य सञ्चालन आम्दानी बढाएका छन् । सो अवधिमा ५ वटा बैंकले भने यस्तो आम्दानी घटाएका छन् ।

जसमा अन्य सञ्चालन आम्दानी बढाउने तर्फ सबैभन्दा बढी कृषि विकास बैंकले ९८१.३६ गुणाले र सबैभन्दा थोरै माछापुच्छ«े बैंकले ४.५३ प्रतिशतले थप गरेका छन् ।

साथै, अन्य सञ्चालन आम्दानी घटाउने बैंकतर्फ सबैभन्दा धेरै एनआईसी एशिया बैंकले ४८.२६ प्रतिशत र सबैभन्दा थोरै एनएमबी बैंकले १.२९ प्रतिशत बैंकले घटाएको छ ।

चालु आवको चैत मसान्तसम्म अन्य सञ्चालन आम्दानी सबैभन्दा बढी नबिल बैंकको र सबैभन्दा थोरै नेपाल एसबीआई बैंकको छ । सो अवधिमा नबिल बैंकले १ अर्ब ५ करोड ५० लाख रुपैयाँ र नेपाल एसबीआई बैंकले १ करोड ७१ लाख रुपैयाँ अन्य सञ्चालन आम्दानी गरेको छ ।

चैत मसान्तसम्म १८ वटा बैंकले १० करोड रुपैयाँदेखि ६० करोड रुपैयाँसम्म र ८ वटा बैंक १ करोड रुपैयाँदेखि माथि १० करोड रुपैयाँसम्म अन्य सञ्चालन आम्दानी गरेका छन् ।

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना स् प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार १५:५१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ९प्रचण्ड०ले रोल्पाको...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...