CG Electronics
IME Life
Ncell NPL

गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सुर्खेत । कर्णाली प्रदेश समृद्धिको ‘लाइफलाइन’का रूपमा लिइँदै आएको छिमेकी चीनसँग जोडिएको गमगढी–नाक्चेलाग्ना सडक निर्माणको काम सुस्त देखिएको छ । उक्त सडक निर्माण सुरु भएको १० वर्षमा जम्मा १८ किलोमिटरमा सडक निर्माण गरिएको छ । मुगु सदरमुकाम गमगढीदेखि चीनको सिमाना नाक्चेलाग्नासँग जोड्ने ९३ किलोमिटर लामो दुरीको यो सडक नेपाल–भारत–चीनको त्रिदेशीय पारवहन र व्यापार विस्तारको महत्त्वपूर्ण आधार विश्वास गरिएको छ ।

आर्थिक वर्ष २०६२÷६३ मा विस्तृत सर्भे गरी २०७२÷७३ सालबाट निर्माण थालिएको यो सडक १० वर्षमा १८।५ किमी मात्रै निर्माण भएको छ । भौगोलिक विकटताका कारण सडक निर्माणको काले गति लिन नसकेको बताइएको छ । नौ वर्षमा १८ किलोमिटर ट्याक खोलिएको उक्त सडक चालु आर्थिक वर्षमा २४ किलोमिटर पु¥याउने लक्ष्य रहेको छ । भौगोलिक विकटता रहेको उक्त सडकमा प्रयाप्त बजेट नछुटाउँदा अपेक्षाकृत प्रगति हुन नसकेको हो ।

कर्णालीलाई भारत र चीनसँग जोड्न सरकारले नेपालगन्ज–सुर्खेत–हुम्ला–हिल्सा–तिब्बत जोड्ने गरी कर्णाली कोरिडोर र नेपालगन्ज–छिन्चु–जाजरकोट–डोल्पा–धो–मोरिम्ला–तिब्बत जोड्ने गरी भेरी करिडोरको अवधारणा ल्याए पनि सडक निर्माणको काम ज्यादै सुस्त छ । आव २०६२÷०६३ मा विस्तृत सर्भे अनुसार २५ करोड लागत अनुमान गरिएको भए पनि समय बढ्दै जाँदा सडकको लागत पनि बढ्ने देखिएको छ ।

संघीय सरकारको मातहत रहेको उक्त सडक आयोजनामा केही वर्ष बजेट नै नछुट्याए पछि ओझेलमा परेको थियो । २०७३ बाट गमगढी–नाक्चेलाग्ना सडकको ढुंगेधारासम्म ‘डीपीआर’ गरी सडक डिभिजन कार्यालय जुम्लाले सडकको कामलाई अघि बढाएको थियो । आर्थिक २०७८÷०७९ चार करोड ९३ लाख खर्च भएको उक्त सडकमा आ।व २०७९÷०८० मा चार करोड ४० लाख बजेट खर्चिएको थियो । चालु आव २०८२÷८३ का लागि संघीय सरकारले १५ करोड स्रोत सुनिश्चित गरेपछि सडक निर्माणको काम अगाडि बढाइएको छ ।

प्रदेश राजधानी सुर्खेतबाट सबैभन्दा छोटो नाका मानिएको ३ सय ३२ किमीमा ६७ किलोमिटर सडक खोल्न अझै बाँकी छ । गमगढी–नाक्चेलाग्ना सडक अन्तर्गत २२० मिटर कडा चट्टान छिचोल्न आइतबारदेखि ब्लास्टिङ सुरु गरिएको छ । कडा चट्टानी भीर रहेकोले सडक डिभिजन जुम्लाले नेपाली सेनासँग समन्वय गरी ब्लास्टिङ सुरु गरेको हो ।

दुर्गम भौगोलिक अवस्था, जोखिमपूर्ण भीर र सीमित स्रोत–साधनका बाबजुद पनि विकासको लक्ष्यलाई अगाडि बढाउँदै चट्टान छिचोल्न ब्लास्टिङ सुरु गरिए पछि कामले गति लिने अपेक्षा गरिएको छ । बजेट सुनिश्चित भएसँगै सडक निर्माणको थालिएको सडक डिभिजन जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।

‘नेपाली सेनासँगको समन्वयमा कडा चट्टानमा ब्लाष्टिङको काम सुरु गरिएको छ’ उनले भने, ‘२२० किमी कडा चट्टानमा ब्लाष्टिङ गर्नु पर्ने भए पछि काम थालिएको छ ।’

१८।५ किमी ट्याक खुला गरिएको छ चालु आर्थिक वर्षमा थप ६ किमीमा ट्याक खोलेपछि झन्डै २५ किमीमा ग्राभेल गरी सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए ।

नाक्चे लाग्ना नाका भएर स्थानीय बासिन्दा आवश्यक सामग्री खरिद गर्न हाटबजार जाने गरेका छन् । अस्थायी नाका खोल्न र हाटबजार नियमित रूपमा सञ्चालन गर्न नेपालस्थित चिनियाँ दूतावास र परराष्ट्र मन्त्रालयबिच सहमति भएको हो । हाटबजारमा काठका सामग्री, जुत्ता, जडीबुटी, सिमेन्ट, जस्तापाता, चामल, छुर्पी, चिया, लत्ताकपडालगायत सामग्री किनबेच हुने गरेको मुगम कार्मारोङ गाउँपालिकाका अध्यक्ष छिरिङ क्याफ्ने लामा बताउँछन् । नेपालतर्फ सडक सुविधा छैन। स्थानीय र व्यापारीले घोडा, खच्चर र चौर गाईको सहयोगमा व्यापार गर्ने गर्छन् ।

गमगडी–नाक्चेलाग्ना सडक निर्माण र ग्राभेल गर्ने गरी जागृति–रारा तेन्जिन–नो¥याङ जेभीले ठेक्का लिएको छ । मुगु गमगढीदेखि तिब्बत नाका पुग्न पैदल पाँच दिन हिँड्नुपर्छ । नाकासम्म मोटर बाटो खुले दुई देशबिच व्यापार वृद्धि हुने अपेक्षा गरिएको छ । सन् १९१५ देखि सीमावर्ती मुगु गाउँका आदिवासी जनजाति र तिब्बतीबिच व्यापारिक सम्बन्ध जोडिए पनि सडक नहुँदा व्यावसायिक सम्बन्ध वैध बन्न सकेको छैन ।

जमनाहा नाकादेखि सुर्खेत, दैलेख सदरमुकाम महावु, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म सडक विस्तारका लागि सरकारले त्रिदेशीय सडकलाई प्राथमिकतामा राखेको छ । यो सडक निर्माण भए अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर सडक छोटो र सुरक्षित हुनेछ ।

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक

कालीमाटी बजारमा आजको तरकारी तथा फलफूलको थोक...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०८

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले...

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा छ :...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०५

  कोहलपुर । कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले शिक्षा...

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा, नागरिकका राय सिधै सरकारसम्म पुग्ने

बजेट सुझावका लागि ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा,...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०९:०३

  काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

आजको मौसम : हिमाली र पहाडी भूभागका थोरै स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना

आजको मौसम : हिमाली र पहाडी भूभागका...

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:४८

  काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय...

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता...

वि.सं.२०८३ वैशाख २६ शनिवार २१:४८

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी...