CG Electronics
IME Life
NIMB

नेपालमा मौरीपालन व्यवसाय : समस्यादेखि अवसरसम्म

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपालको भौगोलिक विविधता र अथाह प्राकृतिक वनस्पतिजन्य स्रोतका कारण मौरीपालन व्यवसाय कृषि क्षेत्रको एक उच्च सम्भावना बोकेको क्षेत्र मानिन्छ। तराईका समथर फाँटदेखि पहाडका खोंच र उच्च पहाडी भेगसम्म विभिन्न प्रजातिका मौरीका लागि उपयुक्त हावापानी उपलब्ध छ।

परम्परागत रूपमा घार खनेर वा मुढो घारमा मौरी पाल्ने अभ्यासबाट सुरु भएको यो व्यवसाय अहिले आधुनिक र व्यावसायिकतातर्फ उन्मुख भइरहेको छ। ग्रामीण अर्थतन्त्रको सुदृढीकरण, रोजगारी सिर्जना र जैविक विविधताको संरक्षणमा समेत यसले महत्त्वपूर्ण योगदान पुर्यातउँदै आएको छ। यति भएर पनि बदलिँदो वातावरणीय चुनौती र बजार व्यवस्थापनको कमजोरीका कारण यो क्षेत्रले धेरै समस्याको सामना गरिरहेको छ।

नेपालमा व्यावसायिक मौरीपालक संघहरूको पछिल्लो तथ्याङ्क अनुसार देशमा वार्षिक झन्डै ४ हजारदेखि ४ हजार ५ सय मेट्रिक टनसम्म मह उत्पादन हुने गरेको छ। नेपालमा हाल व्यावसायिक रूपमा मुख्यतया एपिस मेलिफेरा९युरोपेली मौरी० र एपिस सेराना ९स्थानीय गोलो मौरी० पालन गरिँदै आएको छ।

यसबाहेक भिर मौरी र भिरगोलो जस्ता जंगली मौरीका प्रजातिहरू पनि नेपालको जैविक सम्पदाका रूपमा रहेका छन्। देशभर करिब ५ लाखभन्दा बढी आधुनिक तथा परम्परागत घारहरू रहेको अनुमान छ, जसबाट प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ कृषक परिवारले रोजगारी पाएका छन्। नेपालमा उत्पादन हुने तोरीको मह, च्युरीको मह, रुदिलो र विभिन्न जडीबुटीयुक्त भीर मौरीको मह उच्च गुणस्तरको मानिन्छ।

यस व्यवसायका अवसरहरूलाई केलाउँदा नेपालमा च्युरी, तोरी, फापर, सूर्यमुखी तथा विभिन्न वनस्पति र जडीबुटीका जंगलहरू प्रशस्त भएकाले बहुगुणस्तरीय अर्गानिक मह उत्पादनको प्रचुर सम्भावना छ।

मौरीपालनका लागि थोरै जमिन र कम लगानी भए पनि पुग्ने हुनाले यो सीमान्तकृत र न्यून आय भएका ग्रामीण समुदायका लागि जीविकोपार्जनको दरिलो माध्यम बनेको छ। नेपालको मह विशेषगरी युरोप, जापान र खाडी मुलुकहरूमा उच्च मागमा रहने गरेको छ, जसले गर्दा यसको अन्तर्राष्ट्रिय बजार विस्तार गरी विदेशी मुद्रा आर्जन गर्ने ठूलो अवसर छ।

मह उत्पादन मात्र नभई मौरीको मैन, रोयल जेली, प्रोपोलिस र मौरीको विष जस्ता बहुमूल्य उप–उत्पादनहरूबाट समेत कृषकले अतिरिक्त आम्दानी गर्न सक्ने सम्भावना अझै उत्खनन हुन बाँकी नै छ। अझ महत्त्वपूर्ण कुरा, मौरीले गर्ने परागसेचन प्रक्रियाका कारण नेपालको समग्र कृषि बाली, फलफूल र तरकारीको उत्पादकत्वमा २५ देखि ४० प्रतिशतसम्म वृद्धि हुने गरेको वैज्ञानिक तथ्य छ। मौरी र मौरी प्रजातिका कीरा नहुने हो भने मानव जीवनको कल्पना पनि गर्न सकिन्न, भन्ने भाष्यमा सत्यता छ ।

यति धेरै अवसर र सम्भावनाका बावजुद नेपालको मौरीपालन क्षेत्रले गम्भीर समस्या र चुनौतीहरूको सामना गरिरहेको छ। सबैभन्दा ठूलो समस्याका रूपमा गुणस्तर प्रमाणीकरण र बजारको अभावलाई लिन सकिन्छ। नेपालमा अन्तर्राष्ट्रिय स्तरको एक्रेडिटेड नेपाली महले युरोपेली र अन्य विकसित मुलुकका बजारमा सोझै प्रवेश पाउन कठिन भइरहेको छ। अर्कोतर्फ, बजारमा हुने मिसावट र कम मूल्यका आयातित महका कारण स्वदेशी उत्पादकहरूले उचित मूल्य पाउन सकेका छैनन्। जलवायु परिवर्तनको प्रत्यक्ष असर पनि यस क्षेत्रमा देखिन थालेको छ ।

बेमौसममा हुने वर्षा, खडेरी र तापक्रमको उतारचढावले गर्दा फूलहरूमा रसको मात्रा घट्दै गएको छ, जसले महको उत्पादकत्वमा ह्रास ल्याएको छ। बालीनालीमा अन्धाधुन्ध प्रयोग गरिने रासायनिक विषादी र कीटनाशकका कारण बर्सेनि लाखौँको सङ्ख्यामा मौरीहरू मरेर घार नै रित्तिने समस्या नेपाली कृषकहरूका लागि टाउको दुखाइको विषय बनेको छ।

यसका साथै, मौरीमा लाग्ने युरोपियन रोगहरू, सुन्तला रङ्गको उपियाँ, अरिङ्गालको प्रकोप र आधुनिक प्रविधि एवं दक्ष प्राविधिक जनशक्तिको अभावले यस व्यवसायको व्यावसायीकरणमा ठूलो धक्का पुर्या्एको छ। चरन क्षेत्रको अभाव र वन फँडानीका कारण मौरी पालन चुनौतीपूर्ण बन्दै गएको छ।

देशमा मौरीपालन व्यवसाय ग्रामीण गरिबी निवारण र दिगो आर्थिक विकासको एक भरपर्दो खम्बा हुन सक्छ। तर यसका लागि परम्परागत शैलीलाई त्यागेर आधुनिक प्रविधिको अवलम्बन गर्न अपरिहार्य छ।

राज्यका तर्फबाट विषादी प्रयोगमा नियन्त्रण, मौरी चरन क्षेत्रको संरक्षण र अन्तर्राष्ट्रिय स्तरको गुणस्तर मापन प्रयोगशालाको स्थापना जस्ता ठोस कदमहरू तत्काल चालिनुपर्छ। कृषकहरूलाई सहुलियत ऋण, प्राविधिक तालिम र उचित बजार मूल्यको ग्यारेन्टी गर्न सकेमा नेपाली महले स्वदेशी बजारमा मात्र नभएर विदेशमा पनि राम्रो बजार पाउनेमा कुनै शंका छैन ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...