CG Electronics
IME Life
NIMB

डीजीओमार्फत फिफा विश्वकप २०२६™ को प्रत्यक्ष प्रसारण, ‘मोबाइल पास’ ५४९ रुपैयाँमा उपलब्ध

NIMB
Himalayan Bank

 

काठमाडौं । विश्वकै सबैभन्दा लोकप्रिय फुटबल प्रतियोगिता फिफा विश्वकप २०२६™ नजिकिँदै गर्दा नेपालको अग्रणी डिजिटल स्ट्रिमिङ प्लेटफर्म DGO ले फुटबलप्रेमी दर्शकका लागि विशेष अफर सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार अब दर्शकहरूले केवल ५४९ रुपैयाँमा ‘मोबाइल–ओन्ली पास’ खरिद गरी विश्वकपका सबै १०४ खेलहरू आफ्नो मोबाइलमार्फत प्रत्यक्ष हेर्न सक्नेछन्। उक्त पास DGO एपबाट सहज रूपमा खरिद गर्न सकिने व्यवस्था गरिएको छ।

DGO ले विश्वकपका खेलहरू नेपाली कमेन्टरीसहित १०८०p फुल एचडी भिडियो गुणस्तरमा प्रसारण गर्ने जनाएको छ। दर्शकहरूले आफ्नो रोजाइअनुसार नेपाली वा अंग्रेजी कमेन्टरी छनोट गर्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ।

कम्पनीका अनुसार DGO एपमार्फत केही क्लिकमै मोबाइल पास सक्रिय गर्न सकिनेछ। यसले फुटबल समर्थकहरूलाई झन्झटरहित, सुरक्षित र किफायती रूपमा विश्वकपको रोमाञ्च अनुभव गर्न मद्दत गर्ने विश्वास गरिएको छ।

DGO का प्रवक्ताले नेपाली दर्शकहरूलाई खेलको अनुभवमा कुनै सम्झौता नहोस् भन्ने उद्देश्यले सहज र भरपर्दो सेवा उपलब्ध गराइएको बताए। उनका अनुसार आधिकारिक प्लेटफर्ममार्फत पास खरिद गर्दा प्रयोगकर्ताले सुरक्षित र गुणस्तरीय स्ट्रिमिङ सेवा प्राप्त गर्नेछन्।

कम्पनीले अनलाइनमा देखिने अनधिकृत स्ट्रिमिङ प्लेटफर्म, शंकास्पद एप तथा विज्ञापनहरूबाट सावधान रहन पनि आग्रह गरेको छ। यस्ता प्लेटफर्म प्रयोग गर्दा व्यक्तिगत विवरण तथा बैंकिङ जानकारी जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ।

DGO ले आफूलाई नेपालका लागि आधिकारिक स्ट्रिमिङ साझेदारका रूपमा प्रस्तुत गर्दै दर्शकहरूलाई एपमार्फत सुरक्षित रूपमा विश्वकपको आनन्द लिन अनुरोध गरेको छ।

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

दक्षिण एसियाका अग्रणी इन्टरनेट अभियन्ता सम्मानित

वि.सं.२०८३ साउन १० आइतवार २२:२३

  काठमाडौं । दक्षिण एसियाली नेटवर्क अपरेटर्स ग्रुप (सानोग)को ४४औं...