NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान प्राप्त गरेको छ। ग्राहकलाई आधुनिक, सुरक्षित र सहज बैंकिङ सेवा उपलब्ध गराउँदै आएको बैंकलाई भारतको इन्डियन चेम्बर अफ कमर्स (आईसीसी), कोलकाताले ‘राइजिङ स्टार–ग्रोथ’ विधाअन्तर्गत सम्मान प्रदान गरेको हो।

उक्त सम्मान जुलाई २४, २०२६ मा भारतको नयाँ दिल्लीमा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा प्रदान गरिएको थियो। बिमस्टेक क्षेत्रकै प्रतिष्ठित मानिने यस कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंकहरूको सहभागिता रहेको थियो।

बैंकले डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँच अभिवृद्धि तथा उत्तरदायी बैंकिङ अभ्यासमा उल्लेखनीय योगदान पुर्‍याएबापत उक्त अवार्ड प्राप्त गरेको जनाएको छ। बैंकका अनुसार यस सम्मानले अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान र विश्वसनीयता थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

यो लगातार दोस्रो वर्ष हो, जब महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्सबाट सम्मान प्राप्त गरेको छ। गत वर्ष बैंकले ‘एसेट क्वालिटी’ (सम्पत्ति गुणस्तर) विधाअन्तर्गत अवार्ड हासिल गरेको थियो।

‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात गर्दै आएको महालक्ष्मी विकास बैंकले देशभर गुणस्तरीय वित्तीय सेवा विस्तार गरिरहेको छ। यसैक्रममा बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ, जहाँ ग्राहकले आधुनिक डिजिटल बैंकिङ सेवा सहज रूपमा उपयोग गर्न सक्नेछन्।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...