CG Electronics
IME Life
NIMB

बेलायत सरकार र विश्व बैंकको सहयोगमा बुटवल पावर कम्पनीद्वारा हरित हाइड्रोजन पाइलट परियोजना शुभारम्भ

NIMB
Himalayan Bank

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले बेलायत सरकार तथा विश्व बैंकको सहयोगमा नेपालमा हरित हाइड्रोजन प्रविधिको सम्भाव्यता परीक्षण गर्न ५० किलोवाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना सञ्चालनमा ल्याएको छ।

प्यूठानको दरिमचौरस्थित १२ मेगावाट क्षमताको झिमरुक जलविद्युत आयोजनाको परिसरमा स्थापना गरिएको उक्त परियोजनाको औपचारिक उद्घाटन गरिएको कम्पनीले जनाएको छ। परियोजनाले नवीकरणीय जलविद्युतको प्रयोग गरी इलेक्ट्रोलाइसिस (विद्युत् अपघटन) प्रक्रियामार्फत हरित हाइड्रोजन उत्पादन गर्नेछ।

यो परियोजना विश्व बैंकको प्राविधिक सहयोग तथा बेलायत सरकारअन्तर्गतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (FCDO) मार्फत यूके अन्तर्राष्ट्रिय विकास कार्यक्रमको आर्थिक सहयोगमा कार्यान्वयन गरिएको हो।

उद्घाटन कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रतिनिधि, लुम्बिनी प्रदेशका सांसद, स्थानीय तहका जनप्रतिनिधि, विश्व बैंक, एफसीडीओ, नेपाल विद्युत् प्राधिकरण तथा ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

बीपीसीका अनुसार हरित हाइड्रोजनलाई विश्वभर न्यून–कार्बन ऊर्जा प्रणालीतर्फको संक्रमणमा महत्वपूर्ण ऊर्जा वाहकका रूपमा हेरिएको छ। नवीकरणीय ऊर्जाबाट उत्पादित विद्युत प्रयोग गरी पानीलाई विभाजन गरेर उत्पादन गरिने हरित हाइड्रोजनले यातायात, उद्योग, मल उत्पादन तथा दीर्घकालीन ऊर्जा भण्डारणजस्ता क्षेत्रमा कार्बन उत्सर्जन घटाउन महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ।

परियोजनामा ५० किलोवाट क्षमताको क्षारीय (Alkaline) इलेक्ट्रोलाइजर प्रणाली जडान गरिएको छ, जसले ९९.९९ प्रतिशत शुद्धताको हाइड्रोजन उत्पादन गर्न सक्षम रहेको कम्पनीले जनाएको छ। उत्पादित हाइड्रोजनलाई १५० बार दबाबमा सिलिण्डरमा भण्डारण गरिनेछ र विभिन्न सम्भावित प्रयोगका लागि परीक्षण गरिनेछ।

चीनको CPU Hydrogen Power Technology Co. Ltd. ले परियोजनाको इपीसी (EPC) ठेक्का सम्पन्न गरेको हो। कम्पनीका अनुसार प्लान्ट १३ अप्रिल २०२६ मा सफलतापूर्वक सञ्चालनमा आएको थियो र सोही दिन पहिलो हाइड्रोजन सिलिण्डर भरिएको थियो।

बीपीसीले यस परियोजनाबाट हाइड्रोजन उत्पादन, भण्डारण, सुरक्षा, सञ्चालन, प्राविधिक कार्यसम्पादन तथा आर्थिक व्यवहार्यतासम्बन्धी महत्वपूर्ण अनुभव प्राप्त हुने विश्वास व्यक्त गरेको छ। साथै, नेपालमा हरित हाइड्रोजनको सम्भावित उपयोगका क्षेत्र पहिचान गर्न समेत परियोजनाले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रचुर जलविद्युत् सम्भावना भएको नेपालले अतिरिक्त नवीकरणीय विद्युतलाई हरित हाइड्रोजनमा रूपान्तरण गरी घरेलु उपयोग, औद्योगिक प्रयोजन, यातायात, ऊर्जा भण्डारण तथा क्षेत्रीय बजारमा उपयोग गर्न सक्ने सम्भावना रहेको ऊर्जा विज्ञहरूले बताउँदै आएका छन्।

नेपाल सरकारले समेत हेटौँडामा २.५ मेगावाट क्षमताको हरित हाइड्रोजन पाइलट परियोजना अघि बढाउने योजना बनाइरहेको सन्दर्भमा बीपीसीको यो परियोजनालाई नेपालमा हरित हाइड्रोजन प्रविधिको विकासतर्फको महत्वपूर्ण सुरुआतका रूपमा हेरिएको छ।

करिब छ दशकदेखि ऊर्जा क्षेत्रमा सक्रिय बुटवल पावर कम्पनी नेपालका अग्रणी निजी क्षेत्रका ऊर्जा कम्पनीमध्ये एक हो। कम्पनीले जलविद्युत् विकास, उत्पादन, प्रसारण तथा वितरणसँगै स्वच्छ ऊर्जा प्रविधिको विकासमा पनि योगदान पुर्‍याउँदै आएको छ।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...