NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ सम्मान

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, नेपाल। नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आईसीसी)द्वारा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवार्ड्स २०२६’ मा ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त गरेको छ।

शुक्रबार भारतको नयाँ दिल्लीमा आयोजित समारोहमा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त अवार्ड ग्रहण गरेका हुन्।

बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगको प्रतिफलस्वरूप यो सम्मान प्राप्त भएको जनाएको छ। यस उपलब्धिले बैंकिङ सेवा, नवप्रवर्तन तथा उत्कृष्टता कायम राख्ने प्रतिबद्धतालाई अझ सुदृढ बनाउन प्रेरणा मिलेको बैंकको विश्वास छ।

बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र पाण्डेले अवार्डप्रति खुसी व्यक्त गर्दै भन्नुभयो,

  • “प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डबाट फेरि एकपटक सम्मानित हुन पाउँदा हामी अत्यन्त उत्साहित छौँ। यस सफलतामा योगदान पुर्‍याउने हाम्रा ग्राहक, कर्मचारी, नियामक निकाय, शेयरधनी तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछु। यो सम्मानले आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न हामीलाई थप प्रेरित गर्नेछ।”

यस वर्षको अवार्डमा नेपालसहित भारत, भुटान, श्रीलङ्का, म्यानमार, थाइल्यान्ड तथा बङ्गलादेशका बैंकहरूको सहभागिता रहेको थियो।

इन्डियन चेम्बर अफ कमर्स (आईसीसी) भारतको उद्योग तथा वाणिज्य क्षेत्रको एक अग्रणी संस्था हो। भारतका प्रमुख व्यावसायिक समूह आबद्ध रहेको यस संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा व्यापार, उद्योग र लगानी प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसअघि पनि नबिल बैंकले Euromoney Awards for Excellence अन्तर्गत ‘Nepal’s Best Bank’, ‘Nepal’s Best Bank for ESG’ तथा ‘Nepal’s Best Bank for SME’ सम्मान प्राप्त गरेको थियो। बैंकको सुदृढ वित्तीय अवस्था, ग्राहककेन्द्रित सेवा, डिजिटल बैंकिङमा नेतृत्व तथा समग्र बैंकिङ उत्कृष्टताको कदरस्वरूप ती सम्मान प्रदान गरिएको थियो।

नबिल बैंक नेपालको निजी क्षेत्रको अग्रणी वाणिज्य बैंकमध्ये एक हो। हाल बैंकले देशभर फैलिएको २६४ शाखा र ३१५ एटीएम मार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको नबिल बैंकले हाल ‘Banking and Beyond’ अवधारणामार्फत ग्राहक, समुदाय तथा समग्र अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने लक्ष्यसहित आफ्ना सेवा र नवप्रवर्तनलाई निरन्तर विस्तार गर्दै आएको छ।

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट...

वि.सं.२०८३ साउन २९ शुक्रवार २३:५४

  काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ३, सागलस्थित ससःत्वा...