NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा गरौँ’ सरसफाइ अभियान सम्पन्न भएको छ। क्रिएसन नेपालको नेतृत्वमा द कोका–कोला फाउन्डेसनको सहयोग तथा पशुपति क्षेत्र विकास कोषको सहकार्यमा सञ्चालन भएको अभियानमा ५०० भन्दा बढी स्वयंसेवक, विद्यार्थी, सरसफाइकर्मी तथा विभिन्न साझेदार संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

श्रावण महिनाका हरेक सोमबार सञ्चालन गरिएको विशेष सरसफाइ अभियानले वर्षकै व्यस्त धार्मिक यात्राको समयमा पशुपतिनाथ क्षेत्रमा बढ्ने भक्तजनको चापलाई ध्यानमा राख्दै फोहोर व्यवस्थापन तथा सरसफाइमा सहयोग पुर्‍याएको हो।

श्रावण महिनाभर लाखौँ भक्तजन तथा दर्शनार्थी पशुपतिनाथ पुग्ने भएकाले मन्दिर परिसरलाई स्वच्छ राख्न, फोहोरको उचित व्यवस्थापन गर्न तथा जथाभावी फोहोर नफाल्ने व्यवहारलाई प्रोत्साहन गर्ने उद्देश्यसहित अभियान सञ्चालन गरिएको क्रिएसन नेपालले जनाएको छ।

समापन कार्यक्रममा बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अजय कोनाले, क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्की, संस्थापक आनन्द मिश्र, पशुपति क्षेत्र विकास कोषका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।

द कोका–कोला फाउन्डेसनका अध्यक्ष कार्लोस पागोआगाले फोहोर व्यवस्थापनमा सुधार ल्याउन तथा जिम्मेवार व्यवहारलाई प्रोत्साहन गर्न सहकार्य महत्वपूर्ण रहेको बताए। ‘सफा गरौँ’ अभियानमार्फत स्थानीय समुदायलाई फोहोरको उचित व्यवस्थापनमा सक्रिय र सक्षम बनाउन सहयोग पुग्ने उनको भनाइ थियो।

श्रावण महिनाभर सञ्चालन भएको अभियानमा स्वयंसेवकहरूले प्रत्येक साता सरसफाइकर्मीसँग मिलेर फोहोर संकलन तथा वर्गीकरण गरेका थिए। साथै, फोहोरको उचित व्यवस्थापन, सरसफाइको महत्व तथा नेपालको धार्मिक एवं सांस्कृतिक सम्पदा संरक्षणमा सामूहिक प्रयासको आवश्यकताबारे जनचेतना फैलाइएको थियो।

क्रिएसन नेपालकी अध्यक्ष अरुणा कार्कीले विभिन्न चुनौतीका बाबजुद अभियान सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै ‘सफा गरौँ’ अभियानलाई निरन्तर सञ्चालन हुने राष्ट्रिय अभियानका रूपमा विस्तार गर्ने लक्ष्य रहेको बताइन्।

पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव तीर्थप्रसाद श्रेष्ठले पशुपति क्षेत्रको पर्यावरण संरक्षण तथा संवद्र्धनमा सहयोग पुर्‍याएकोमा द कोका–कोला फाउन्डेसनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सहकार्यको अपेक्षा गरिएको बताए।

अभियानअन्तर्गत पुनःप्रयोग गरिएको प्लास्टिकका बोतलबाट तयार गरिएका बस्ने बेन्चको समेत उद्घाटन गरिएको थियो। प्लास्टिकजन्य फोहोरलाई पुनःप्रयोग गरी सार्वजनिक उपयोगका सामग्रीमा रूपान्तरण गर्न सकिने सन्देश दिन यस्तो पहल गरिएको जनाइएको छ।

कार्यक्रममा अभियानमा योगदान पुर्‍याउने स्वयंसेवक, सरसफाइकर्मी तथा साझेदार संस्थालाई सम्मान गरिएको थियो। पशुपति क्षेत्र विकास कोषले निरन्तर सहयोगका लागि द कोका–कोला फाउन्डेसनलाई प्रशंसापत्र प्रदान गरेको थियो भने चार सातासम्म अभियानमा सक्रिय रूपमा सहभागी स्वयंसेवक तथा सरसफाइकर्मीलाई पनि सम्मान गरिएको थियो।

श्रावण महिनाको अभियानबाट प्राप्त उत्साहलाई निरन्तरता दिँदै ‘सफा गरौँ’ अभियानले आगामी १४ सेप्टेम्बर २०२६ मा पर्ने हरितालिका तीजसम्म विभिन्न सरसफाइ तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाएको छ। अभियानले समुदायको सहभागिता बढाउने, फोहोरको उचित व्यवस्थापन तथा दिगो अभ्यासलाई प्रोत्साहन गर्ने र नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट...

वि.सं.२०८३ साउन २९ शुक्रवार २३:५४

  काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ३, सागलस्थित ससःत्वा...