ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट सम्झौता
Friday Aug 14, 2026
वि.सं.२०८३ साउन २९ शुक्रवार २३:५४
काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ३, सागलस्थित ससःत्वा हस्पिटालिटी प्रा.लि. र प्रभु बैंक लिमिटेडबीच विशेष छुटसम्बन्धी सम्झौता भएको छ।
सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले ससःत्वा हस्पिटालिटीबाट उपलब्ध विभिन्न सेवा तथा सुविधामा विशेष छुट प्राप्त गर्ने भएका छन्। सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट सम्बन्धित विभागका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर शाखा प्रमुख रश्मि महर्जन र ससःत्वा हस्पिटालिटीका तर्फबाट बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल तथा सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्ताक्षर गरेका हुन्।
मिति २०८३ साउन २८ गते सम्पन्न सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारी तथा वैध परिचयपत्र भएका ग्राहकहरूले खाना तथा पेय पदार्थमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।
उक्त छुट सुविधा प्राप्त गर्न ग्राहकहरूले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा बैंकका अन्य विद्युतीय भुक्तानी प्रणालीमार्फत बिल भुक्तानी गर्नुपर्ने जनाइएको छ।
प्रभु बैंकले नेपालभर रहेका आफ्ना ३०० शाखा कार्यालय, २६५ एटीएम तथा ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ गुणस्तरीय सेवा प्रवाह गर्दै आएको जनाएको छ।
























