सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित
Saturday Aug 15, 2026
वि.सं.२०८३ साउन ३० शनिवार ००:०४
काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी तथा नारायणी क्षेत्रअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा सन इमर्जिङ क्लबमा योग्य अभिकर्तालाई सम्मान गरेको छ।
पोखरास्थित होटल निवासमा आयोजित सम्मान कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यता रहेको थियो।
कार्यक्रममा गण्डकी तथा नारायणी क्षेत्रका प्रदेश प्रमुख ईश्वर विकल सापकोटाले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एडीएम तथा अभिकर्ताको क्षमता, सक्रियता र व्यावसायिक विकासमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने बताए।
प्रमुख कार्यकारी अधिकृत अर्यालले अभिकर्ता नै कम्पनीको व्यवसाय विस्तारका प्रमुख आधार भएको उल्लेख गर्दै उनीहरूको वृद्धि, विकास, प्रोत्साहन तथा सम्मानका लागि आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, प्रमुख बजार अधिकृत चौलागाईंले कम्पनीबाट अभिकर्ता तथा एडीएमले प्राप्त गर्ने विभिन्न सेवा–सुविधा, एडीएमको भूमिका तथा जिम्मेवारी र बिक्री नीति २०८३/८४ का प्रमुख विषयमा जानकारी गराएका थिए। उनले नयाँ बिक्री नीति तथा योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन अभिकर्तालाई आग्रह गरे।
कार्यक्रममा योग्य एडीएम तथा सन इमर्जिङ क्लबका अभिकर्तालाई सम्मान तथा प्रोत्साहन प्रदान गरिएको थियो। उक्त सम्मानले अभिकर्तामा थप ऊर्जा र उत्साह प्रदान गर्नुका साथै आगामी दिनमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्न प्रेरणा मिलेको सहभागीले बताएका छन्।
सन नेपाल लाइफ इन्सुरेन्स कम्पनीले देशभर रहेका करिब १५० शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमासम्बन्धी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा पनि अभिकर्ता तथा एजेन्सी सञ्जालको क्षमता अभिवृद्धि, व्यावसायिक विकास र सम्मानलाई प्राथमिकतामा राख्दै अघि बढ्ने जनाएको छ।
























