NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

धरौटीसम्बन्धी मन्त्रीको अभिव्यक्तिप्रति ECAN को आपत्ति, आधिकारिक निर्णय नभएको दाबी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नेपाल शैक्षिक परामर्श संघ (ECAN) ले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीले शिक्षा परामर्श व्यवसायमा धरौटीसम्बन्धी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यस विषयमा संघले कहिल्यै संस्थागत निर्णय वा आधिकारिक धारणा नबनाएको स्पष्ट गरेको छ।

शनिबार जारी विज्ञप्तिमा ECAN ले स्थापना कालदेखि हालसम्म शिक्षा परामर्श व्यवसायमा धरौटीको व्यवस्था हुनुपर्छ भन्ने विषयमा कुनै संस्थागत निर्णय, आधिकारिक धारणा वा नेतृत्व तहबाट प्रस्ताव नगरिएको जनाएको छ। संघले आफ्नो संस्थागत इतिहास र अभिलेखमा समेत यससम्बन्धी कुनै निर्णय नरहेको दाबी गरेको छ।

ECAN ले शिक्षा परामर्श व्यवसायमा धरौटीको व्यवस्था आवश्यक नरहेको आफ्नो संस्थागत अडान विगतदेखि नै कायम रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा विगतमा ECAN ले धरौटीसम्बन्धी कुनै प्रस्ताव वा धारणा अघि सारेको भन्ने दाबी गरिएको भए सम्बन्धित व्यक्ति, मिति र प्रमाण सार्वजनिक गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ। प्रमाणविहीन अभिव्यक्तिलाई तथ्यका रूपमा प्रस्तुत गर्दा शिक्षा परामर्श क्षेत्रमा भ्रम सिर्जना हुन सक्ने भएकाले त्यसप्रति सचेत रहन पनि संघले आग्रह गरेको छ।

ECAN ले शिक्षा परामर्श क्षेत्रमा अनावश्यक विभाजन, भ्रम वा अविश्वास सिर्जना गर्ने अभिव्यक्ति र भाष्यबाट जोगिन सबै सरोकारवालाको साझा दायित्व रहेको उल्लेख गर्दै मन्त्रालय र मन्त्रीले पनि क्षेत्रको एकता, पारस्परिक विश्वास तथा सहकार्यलाई कमजोर पार्ने अवस्था सिर्जना नहुने गरी संवेदनशीलता अपनाउने अपेक्षा व्यक्त गरेको छ।

साथै, शिक्षा परामर्श क्षेत्रको गुणस्तरीय, पारदर्शी र जिम्मेवार विकासका लागि सरकार तथा सबै सरोकारवालासँग रचनात्मक सहकार्य गर्न आफू सदैव प्रतिबद्ध रहेको ECAN ले जनाएको छ।

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...

ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट सम्झौता

ससःत्वा हस्पिटालिटी र प्रभु बैंकबीच विशेष छुट...

वि.सं.२०८३ साउन २९ शुक्रवार २३:५४

  काठमाडौं । कीर्तिपुर नगरपालिका वडा नं. ३, सागलस्थित ससःत्वा...