NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

प्रहरी महानिरीक्षक कार्कीद्वारा मेट्रो ट्राफिक एफएमको १४औँ वार्षिकोत्सव उद्घाटन

NIMB
leapmotornepal (citroen)

काठमाडौं । भृकुटीमण्डप स्थित नेपाल पुलिस हेल्थ क्लबमा एक कार्यक्रमका बिच शुक्रबार मेट्रो ट्राफिक एफ. एम. ९५.५ मेगाहर्जको १४ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक एफ.एम.सँग सहकार्य गरी जनचेतनामूलक सूचना, सन्देश तथा रेडियो सामग्री प्रसारण गर्न मद्दत गर्ने विज्ञापन दाता तथा सूचना दाताहरूलाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभयो ।
कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले ट्राफिक जनचेतनामूल गीत असल नागरिकलाई सिनाउनै पर्दैन को बिमोचन समेत गर्नुभयो ।

कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले ट्राफिक एफ.एम.ले स्थापनाकालदेखिनै ट्राफिक व्यवस्थापनमा सहयोग पुर्‍याउँदै ट्राफिक सचेतना अभिवृद्धि गर्न, सडक दुर्घटना न्यूनीकरण गर्न, अपराध विरूद्ध जनचेतना फैलाउन तथा सुरक्षा सम्बन्धी सही र विश्वसनीय सूचना समयमै प्रवाह गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

ट्राफिक एफ.एम.को सफल संचालनमा निरन्तर साथ, सहयोग र सहकार्य गर्नुहुने विभिन्न निकाय, स्थानीय तह, सञ्चारकर्मी एवम् प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने महानुभावहरू प्रति आभार व्यक्त गर्नुभयो ।

कार्यक्रममा ललितपुर महानगपालिकाकी निमित्त नगर प्रमुख मञ्जली शाक्य बज्रचार्य, वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ, महानायक राजेश हमाल र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् ट्राफिक एफ.एम. व्यवस्थापन समितिका अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफ्लेले स्वागत मन्तव्य तथा एफ.एम. को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा ट्राफिक एफ.एम.को यात्रा तथा उपलब्धी एवम् ट्राफिक नियम सम्बन्धी जनचेतनामूलक श्रव्यदृश्य सामग्रीहरू प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, वरिष्ठ प्रहरी अधिकृतहरू, वरिष्ठ कलाकारहरू, यातायात संबद्ध संघ संस्था, सरोकारवाला निकायका पदाधिकारीहरु, संचारकर्मी, नगर प्रहरी, ट्राफिक एफ.एम.का श्रोता तथा ट्राफिक स्वयम् सेवकहरूको सहभागिता रहेको थियो ।

त्यस्तै वार्षिकोत्सवकै अवसरमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङगणमा बिहीबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सडक दुर्घटनाबाट घाइते भई रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो ।

वि.स. २०६८ पौष २६ गतेबाट सञ्चालनको इजाजत पाएको ट्राफिक एफ.एम ९५.५ मेगाहर्जले २०६९ जेठ २५ गतेबाट आफ्नो परिक्षण प्रसारण आरम्भ गरेको थियो । एफ.एमले २०६९ सालकै साउन ८ गतेबाट नियमित प्रसारण सुरु गरेको थियो । २०८२ साल भाद्र २४ गतेको आन्दोलनका क्रममा जलेर पूर्ण रुपमा प्रसारण अवरुद्द भएको ट्राफिक एफ. एम. २०८२ सालकै पौष २६ गते पुन: सञ्चालनमा आएको हो ।

ट्राफिक व्यवस्थापन र शान्ति सुरक्षामा जनमानसलाई सुःसुचित गर्दै आएको यस एफएममा जनचेतनामुलक, सूचनामुलक र मनोरञ्जनात्मक लगायत विविध कार्यक्रमहरु प्रसारण हुँदै आएका छन् ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...