NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

NIMB
leapmotornepal (citroen)

 

अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा दाबी र सहज कर्जा प्रवाहमा सरोकारवालाले जोड दिएका छन् । ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ का अवसरमा नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले बिहीबार आयोजना गरेको ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयक ‘नाइमा मोबिलिटी संवाद’ मा उनीहरुले यस्तो धारणा राखेका हुन् ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक सत्येन्द्र सुवेदीले २००७/०८ मा ग्लोबल क्राइसिस आएपछि बैंकहरुको पुँजीले मात्र हुँदैन लोन टू भ्यालु रेसियो कायम गरिएको बताए । ‘बासेलमा पनि उक्त कुरा रहेकोले हामीले लोन टू भ्यालु रेसियोको व्यवस्था गरेका हौं । हायर परचेस कर्जामा सुरुमा ५० प्रतिशत लोन टु भ्यालु रेसियो भए पनि अहिले ईभीमा ८० प्रतिशत र आइस गाडीमा ६० प्रतिशत छ,’ उनले भने, ‘ब्याजदर बढ्दा ऋणीलाई पनि समस्या हुन्छ । त्यसमा सुरक्षित हुनका लागि पनि लोन टू भ्यालु रेसियो महत्त्वपूर्ण छ ।’

लोन डिफल्ट हुँदै गएपछि भोली गाडी आयातकर्ता, ऋणी, ऋणदाता नै समस्यामा पर्ने भएको ले यो आवश्यक रहेको उनको भनाइ छ । उनले भने, ‘लोन टू भ्यालु रेसियो परिवर्तन हुने विषय राज्यमा निर्भर रहन्छ । राज्यको सोचमा पनि भर पर्छ । परिवर्तन पनि हुन सक्छ ।’ ईभीमा ग्रिन फाइनान्सिङअन्तर्गत रहेकोले लोन टू भ्यालु रेसियो केही सहज गराएको उनले बताए ।

उनले अटो कर्जा र हायर पर्चेज कर्जा फरक भनेर बुझ्नुपर्ने उनले बताए । यस्तो कर्जामा मोबाइल र घरायसी सामान पनि गइरहेकाले फरक बुझ्नुपर्ने उनले प्रस्ट पारे । उनले अहिले कुल कर्जा ६० खर्ब रुपैयाँमध्ये १ खर्ब ४२ अर्ब हायर पर्चेज कर्जाको हिस्सा रहेको जानकारी दिए । गत वर्षको तुलनामा हायर पर्चेज कर्जा १० प्रतिशतले बढेको तथ्यांक उनले दिए ।

‘यसको खराब कर्जा कम छ भने सानो मार्जिन राखेर पनि बैंकहरु कर्जा दिन तयार रहेकाले यसमा जोखिम पनि कम छ,’ उनले भने । अटो लोनमा क्रेडिट बबल आउँछ र जोखिम हुन्छ जस्तो नलागेको निर्देशक सुवेदीले बताए । ‘एउटा क्षेत्रमा समस्या आएपछि सबै क्षेत्रमा असर पर्छ भन्नेमा राष्ट्र बैंक सतर्क छ,’ उनले भने ।

त्यस्तै एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले अटो बीमा दाबी गर्दा समस्या हुने भाष्य बनेको बताएका छन् । उनले बीमा दाबीको आधारभूत सिद्धान्त हुने भएकोले यसको प्रमाण र प्रक्रिया बुझेपछि सहज हुने बताए । यसको बुझाइको कारणले नै बीमा दाबीको समस्या भएको उनको तर्क छ ।

यसको निष्पक्ष पारदर्शिता बीमाको ऐनमा बसेर फर्छ्योट गर्नुपर्ने भएकोले क्षतिको सही विवरण, प्रमाणलाई प्रमाणित गर्ने कागजात दिए भने सहज हुने उनको भनाइ छ । उनले भने, ‘यो कुरा अहिले परिपक्व भइसकेको छ । बीमा प्राधिकरणले के गर्‍यो भने छिटो भुक्तानी दिन सकिन्छ भनेर निर्देशन दिने गरेको छ । अहिले यो प्रक्रिया कहाँ पुगेको छ भनेर ड्यासबोर्डमा राख्नुपर्नेछ,’ उनले भने ।

उनले घरायसी सामानको जोखिम पनि नदेखिने भएकाले बीमा नभएको बताए । सवारी साधन र मोबाइलबाहेक घरायसी सामानमा बीमा नदेखिएको उनको भनाइ छ । उनले ईभी गाडीमा ब्याट्रीमा ५० प्रतिशतमात्रै बीमाले डिप्रिसिएसन काटिने जानकारी दिए ।

नाइमा मोबिलिटी संवादमा हुलास फिनसर्भ हायरपर्चेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत समिर ठाकुरले हायर पर्चेज कम्पनीलाई नेपाल राष्ट्र बैंकले कर्जा प्रवाह गर्न सक्ने क्षेत्र छुट्याइएको बताएका छन् । उनले हायर पर्चेज कम्पनीले सवारी साधन, घरायसी सामानमा पनि कर्जा प्रवाह गरी रहेको बताए ।

उनले भने, ‘हाम्रो लक्षित वर्ग भनेको बैंकहरुसम्म पुग्न नसक्ने ग्राहक हुन् । सानो कर्जाका ग्राहकलाई कर्जा प्रवाह गर्नु हाम्रो लक्ष्य हो ।’ यी कम्पनीहरुले बैंकबाट कर्जा लिएर नै हामीले कर्जा प्रवाह गर्ने गरेको र अहिलेसम्म ४० अर्ब रुपैयाँ यी कम्पनीहरूले कर्जा प्रवाह गरिसकेको जानकारी उनले दिए । उनले भने, ‘पछिल्लो कर्जा प्रवाहमध्ये ८० प्रतिशत सवारी साधन र २० प्रतिशत मोबाइलमा कर्जा प्रवाह भएको छ ।’
उनले बैंकका प्रक्रिया पूरा भएकाहरुका लागि पनि यी कम्पनीहरूले कर्जा प्रवाह गर्ने गरेको बताए । केही घण्टामा नै हायर पर्चेज कम्पनीले कर्जा प्रवाह गर्ने गरेको उनले उल्लेख गरे । ‘६० प्रतिशत हायर पर्चेज ऋण लिने ४० वर्ष उमेरभन्दा कमका छन्,’ ठाकुरले भने ।

 

कार्यक्रममा ग्लोबल आईएमई बैंकका चिफ मार्केटिङ अफिसर राजा अर्यालले स्थिर आम्दानी भएकाहरूले हायर पर्चेज कर्जा लिइरहेको बताएका छन् । उनले पहिला गाडी किन्ने औसत उमेर ४३ भए पनि अहिले भने कम रहेको बताए । उनले भने, ‘अहिले ६० प्रतिशत ऋण लिने ४० वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि महिलाहरुको संख्या उल्लेख्य छ ।’

सबैभन्दा बढी काठमाडौं नै भए पनि कर्जा विकेन्द्रीकृत हुँदै गएको उनको भनाइ छ । उनले भने, ‘काठमाडौंबाहिरका सहरमा पनि बजार विस्तार गर्दै गएका छौं ।’ स्थिर आम्दानीको स्रोत भएका र विद्यार्थीले पनि गाडी चढ्न सक्ने उनले बताए ।

हायर पर्चेज कम्पनीलाई कर्जा दिएपछि बैंकहरुलाई पनि सहज हुने उनको भनाइ छ । यसले गर्दा बैंकहरुको जोखिम पनि पास हुने उनले बताए । सबै डकुमेन्ट पूरा गरेको भए बैंकहरुले अर्को दिन नै कर्जा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...