NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

NIMB
leapmotornepal (citroen)

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष सुविधा

काठमाडौं। वर्षायाममा सवारीसाधन सुचारु र सुरक्षित राख्ने उद्देश्यले सीजी होल्डिङ्सको अटोमोबाइल डिभिजन तथा नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले तीनदिने राष्ट्रव्यापी ‘मनसुन निःशुल्क सर्भिस क्याम्प’ सञ्चालन गर्ने भएको छ।

कम्पनीले साउन २७ देखि २९ गतेसम्म देशभरका सबै आधिकारिक सुजुकी सर्भिस सेन्टरमा उक्त क्याम्प आयोजना गर्ने जनाएको छ।

भारी मनसुनी वर्षाका कारण सवारीसाधनमा पर्ने चाप र जोखिमलाई ध्यानमा राख्दै समयमै मर्मतसम्भार गर्न तथा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्ने उद्देश्यले क्याम्प सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ।

क्याम्प अवधिभर सुजुकीका ग्राहकहरूले ब्रेक, टायर, वाइपर, इन्जिन तथा इलेक्ट्रिकल प्रणालीलगायत वर्षायाममा बढी जोखिममा पर्ने सवारीसाधनका विभिन्न भागको निःशुल्क जाँच गराउन सक्नेछन्। एसी तथा ब्याट्रीको समेत निःशुल्क जाँच गरिने कम्पनीले जनाएको छ।

यस अवधिमा पार्ट्स तथा लुब्रिकेन्टमा १० प्रतिशत, लेबरमा २० प्रतिशत तथा एक्सेसरिजमा १५ प्रतिशत छुट उपलब्ध गराइनेछ। ग्राहकलाई कार केयर तथा वर्षायाममा अपनाउनुपर्ने सावधानीबारे निःशुल्क जानकारी र मर्मतसम्भारसम्बन्धी विशेषज्ञ सल्लाहसमेत दिइनेछ।

“नेपालमा मनसुन सवारीसाधनका लागि सबैभन्दा चुनौतीपूर्ण समय हो। यस अभियानमार्फत हाम्रो उद्देश्य ग्राहकलाई सर्भिस सुविधा प्रदान गर्नु मात्र नभई मर्मतसम्भार र वर्षायाममा सुरक्षित सवारी चालनलाई प्रोत्साहन गर्नु पनि हो,” सीजी मोटोकर्पका वरिष्ठ प्रबन्धक सरोज खड्काले भने।

क्याम्पका क्रममा तीन जना भाग्यशाली ग्राहकलाई आकर्षक उपहारसमेत प्रदान गरिने कम्पनीले जनाएको छ।

देशभरका सबै सुजुकी सर्भिस सेन्टरमा सञ्चालन हुने उक्त क्याम्पमा सुजुकी ग्राहकहरूले साउन २७ देखि २९ गतेसम्म आफ्नो नजिकको आधिकारिक सर्भिस सेन्टरमा पुगेर सेवा लिन सक्नेछन्।

 

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...