NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

NIMB
leapmotornepal (citroen)

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार, अर्थ मन्त्रालयअन्तर्गत आन्तरिक राजस्व विभागद्वारा सञ्चालन भइरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ मा सहज रूपमा सहभागी गराउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ एपमार्फत डिजिटल भुक्तानी सुविधालाई उक्त कार्यक्रमसँग जोडेको छ।

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङमार्फत Merchant QR मा भुक्तानी गर्दा योग्य कारोबार स्वतः लक्की ड्रका लागि समावेश हुने भएकाले ग्राहकले छुट्टै रूपमा कारोबार दर्ता वा अपलोड गर्नुपर्ने छैन। बैंकका ग्राहकले मोबाइल बैंकिङ एपमार्फत आफ्ना योग्य कारोबारको संख्या तथा विवरणसमेत हेर्न सक्नेछन्।

आन्तरिक राजस्व विभागले कार्यक्रमअन्तर्गत योग्य कारोबारमध्येबाट नियमित रूपमा लक्की ड्र सञ्चालन गरी प्रत्येक दिन एक जना विजेतालाई कर कट्टीपश्चात रु. १ लाख तथा प्रत्येक १५ दिनमा एक जना बम्पर विजेतालाई रु. १० लाख पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको छ।

बैंकले ग्राहकहरूलाई रु. १०० भन्दा बढीको खरिदमा डिजिटल भुक्तानी गर्न, VAT बिल लिन तथा सुरक्षित राख्न र आफ्ना योग्य कारोबार नियमित रूपमा जाँच गर्न आग्रह गरेको छ।

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा सिद्धार्थ बैंकको विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का अवसरमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:११

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) द्वारा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...