NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३७औँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ बुधबार सम्पन्न भएको छ।

राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय रमण पौडेलले आयोजित मूल समारोहको उद्घाटन गर्नुभएको थियो।

संघका अध्यक्ष रविन्द्रप्रसाद चौलागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उहाँले कर्मचारीका तर्फबाट उठाइएका जायज मागहरूलाई व्यवस्थापनले उचित ढंगले सम्बोधन गर्नुपर्नेमा जोड दिँदै सेवा प्रवाहलाई अझ सरल, सहज र प्रभावकारी बनाउन सम्पूर्ण कर्मचारीलाई आह्वान गर्नुभयो।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन रेग्मी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (DEEFUN) नेपालका राष्ट्रिय अध्यक्ष धर्मराज मैनाली, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका सल्लाहकार समिति सभापति तथा पूर्व अध्यक्ष लक्ष्मीप्रसाद पाण्डेय, नेपाल वित्तीय संस्था कर्मचारी संघ (राष्ट्रिय वाणिज्य बैंक) का अध्यक्ष सुदिन केसी तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन (राष्ट्रिय वाणिज्य बैंक) का कार्यवाहक अध्यक्ष चूडामणि गुप्ताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

उक्त कार्यक्रममा पेशागत हकहितको संरक्षण, संस्थाको संवर्द्धन तथा सेवा प्रवाहलाई अझ प्रभावकारी र सहज बनाउने विषयमा व्यापक छलफल भएको थियो।

वार्षिकोत्सवको अवसरमा संघका विभिन्न प्रदेश समितिहरूले पनि विविध कार्यक्रम आयोजना गरी उत्सव मनाएका छन्। गत साउन १ गते आयोजित रक्तदान कार्यक्रममा ७० जना कर्मचारीले रक्तदान गरेका थिए भने स्वास्थ्य शिविर तथा आँखा, कान र स्वास्थ्य परीक्षण कार्यक्रममा करिब ३०० जना कर्मचारीले सेवा लिएका थिए।

कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट कार्य गरेको भन्दै लुम्बिनी प्रदेश समितिलाई रनिङ शिल्ड प्रदान गरिएको थियो।

वार्षिकोत्सवकै अवसरमा संघले “संस्थाको संवर्द्धन र पेशागत हकहितका लागि ट्रेड युनियनको भूमिका” विषयमा कर्मचारीबीच निबन्ध प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा रमेश खड्का प्रथम, जानुका कुमारी न्यौपाने द्वितीय तथा लक्ष्मण पौडेल तृतीय हुनुभएको थियो। विजयी प्रतियोगीहरूलाई प्रमुख अतिथिबाट पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

संघका महासचिव ऋषिराम ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष कबिराज बरालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरू, विभिन्न प्रतिष्ठानस्तरीय ट्रेड युनियनका अध्यक्षहरू, बैंकका प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, विभागीय प्रमुख, उपप्रमुख, शाखा प्रबन्धक, संघका पदाधिकारी तथा सदस्यहरू लगायत ठूलो संख्यामा कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको अन्त्यमा संघले ३७औँ वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यकारी समिति, केन्द्रीय समिति, लेखा समिति, प्रदेश समिति, संघका सम्पूर्ण सदस्य तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग र सहभागिता जनाउने सम्पूर्ण कर्मचारीप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...