NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

सुनिल थापा मगरको ‘सोल्टिनी सेवारो’ले जित्दै दर्शक–श्रोताको मन

NIMB
leapmotornepal (citroen)

 

 

काठमाडौं । नेपाली सांगीतिक बजारमा गायक सुनिल थापा मगरको नयाँ गीत ‘सोल्टिनी सेवारो’ ले यतिबेला चर्चा बटुल्न थालेको छ। गायक तथा संगीतकार एनिश एन्जल राईको शब्द तथा संगीतमा तयार भएको यो गीत सुनिल थापा मगरको सुमधुर स्वरमा सजिएको हो।

सार्वजनिक भएलगत्तै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्दै सामाजिक सञ्जालमा समेत राम्रो चर्चा कमाइरहेको छ।

प्रेम, समन्वय र भावनात्मक उतारचढावलाई कलात्मक रूपमा प्रस्तुत गरिएको गीतका शब्द र संगीत दुवै एनिश एन्जल राईले सिर्जना गरेका हुन्। गीतमा राजु कार्कीको संगीत संयोजन रहेको छ। प्रेमिल भाव र मौलिक शैलीलाई समेटिएको ‘सोल्टिनी सेवारो’ले विशेषगरी राई–लिम्बू समुदायको संस्कृति, रहनसहन तथा प्रेमभावलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ।

गीतको रेकर्डिङ ड्रिम्स रेकर्डिङ स्टुडियोमा विप्लव अधिकारीले गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङको जिम्मेवारी प्रकाश केसीले सम्हालेका छन्। प्राविधिक रूपमा पनि गीत उत्कृष्ट बनेको भन्दै दर्शक–श्रोताले सकारात्मक प्रतिक्रिया दिएका छन्।

गीतको भिडियो मकवानपुर जिल्लाका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको छ। भिडियोमा गायक सुनिल थापा मगर स्वयंले अभिनय गरेका छन् भने अभिनेत्री रेबिका मगरले उनको साथ दिएकी छन्। भिडियोको नृत्य निर्देशन भुपेन्द्र रिखाम मगरले गरेका हुन्।

क्यामेरा तथा ड्रोन सञ्चालन सन्जोक श्रेष्ठले गरेका छन् भने उत्पादन व्यवस्थापन योगेश राना मगरले सम्हालेका छन्। श्रृङ्गार प्रिया मगरले गरेकी हुन्। भिडियोको निर्देशन, सम्पादन (करेक्सन) तथा कलर एकान्त मगरले गरेका छन्।

मौलिक सांस्कृतिक स्वाद, प्रेमकथा र समकालीन युवा पुस्ताको भावनालाई समेटिएको ‘सोल्टिनी सेवारो’ आगामी दिनमा अझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।

नेपाली संगीत क्षेत्रमा नयाँ पहिचान बनाउन अग्रसर गायक सुनिल थापा मगरको यस सिर्जनालाई दर्शक–श्रोताले खुलेर स्वागत गरिरहेका छन्। गीतले छोटो समयमै राम्रो प्रतिक्रिया बटुल्दै सफलताको यात्रातर्फ अघि बढिरहेको छ।

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै इतिहासकै ठूलो सङ्कटमा

अर्थतन्त्रमा गम्भीर धक्का, सिङ्गो घरजग्गा व्यवसाय नै...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:२२

     हदबन्दीको कानुनी पासोले काठमाडौंमा २ हजार घर–फ्ल्याटको पास...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...