CG Electronics
IME Life
NIMB

विश्वकप सिजन लक्षित गर्दै सामसङ नेपालद्वारा विशेष टिभी अफर सार्वजनिक

NIMB
Himalayan Bank

काठमाडौं । सामसङ नेपालले विश्वकप सिजनलाई लक्षित गर्दै आफ्ना टिभी लाइनअपमा विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो योजना आगामी जुलाई १९, २०२६ सम्म लागू रहनेछ।

अफरअन्तर्गत चयनित सामसङ टिभी मोडेलहरूमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। कम्पनीले विश्वकपको रोमाञ्चक अनुभव घरमै स्टेडियमसरह बनाउन ठूलो स्क्रिनका टिभीमा आकर्षक सुविधा ल्याएको जनाएको छ।

यस योजनाअन्तर्गत ७५ इन्च र ८५ इन्चका चयनित टिभी खरिद गर्ने ग्राहकले रु. ४९ हजार ९९० मूल्यको साउन्डबार केवल रु. ९ हजार ९९९ मा प्राप्त गर्न सक्नेछन्। यसले उच्चस्तरीय दृश्य अनुभवसँगै शक्तिशाली ध्वनि अनुभव पनि प्रदान गर्ने कम्पनीको दाबी छ।

सामसङले विश्वकप लाइभ सब्स्क्रिप्सन निःशुल्क उपलब्ध गराउनुका साथै NETTV प्याकेज पनि उपहारस्वरूप दिने व्यवस्था गरेको छ। QLED तथा UHD मोडेल खरिद गर्ने ग्राहकले १२ महिनासम्मको निःशुल्क NETTV प्याकेज पाउनेछन् भने FHD तथा HD मोडेल खरिदकर्ताले ६ महिनासम्मको निःशुल्क NETTV सुविधा प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार QLED सिरिजका ५५ इन्चदेखि ८५ इन्चसम्मका मोडेलमा २५ प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ। UHD सिरिजका ४३ इन्चदेखि ६५ इन्चसम्मका मोडेलमा १० प्रतिशतसम्म, FHD ४३ इन्च मोडेलमा ७ प्रतिशत तथा HD ३२ इन्च मोडेलमा २१ प्रतिशतसम्म क्यासब्याक प्रदान गरिनेछ।

ग्राहकले Hulas Finserve Hire Purchase Ltd. मार्फत सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवाबाट १२ वा २४ महिनाको ईएमआई योजनामा पनि टिभी खरिद गर्न सक्नेछन्।

त्यसैगरी, पुरानो टिभी वा अन्य उपकरण साटेर नयाँ सामसङ टिभी खरिद गर्न चाहने ग्राहकले Arko Store तथा देशभरका अधिकृत सामसङ रिटेल स्टोरमार्फत एक्सचेन्ज सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

अफरबारे थप जानकारीका लागि ग्राहकले नजिकको अधिकृत सामसङ स्टोरमा सम्पर्क गर्न सक्नेछन्।

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व निकेतन माध्यमिक विद्यालयसँग सहकार्य गर्दै स्मार्ट शिक्षाको प्रवर्द्धन

एसियाली विकास बैंक र ह्वावे नेपालद्वारा विश्व...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२६

  काठमाडौं, नेपाल, १९ जुलाई २०२६ – एसियाली विकास बैंक...

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक आवासीय भवन उद्घाटन

राउण्ड टेबल नेपालद्वारा दृष्टिविहीन बालबालिकाका लागि अत्याधुनिक...

वि.सं.२०८३ साउन ३ आइतवार २१:२१

काठमाडौं । राउण्ड टेबल नेपालले त्रिनेत्र फाउण्डेशनअन्तर्गत रहेका दृष्टिविहीन बालबालिकाका...

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा सोलार ऊर्जामा आधारित ब्याट्री ऊर्जा स्टोरेज प्रणाली विकास गर्न रणनीतिक साझेदारी

दिगो र घाम पावरबीच इटहरीस्थित दिगो चार्जपोइन्टमा...

वि.सं.२०८३ साउन ३ आइतवार २१:१६

  काठमाडौं । दिगो ग्रुप र घाम पावरबीच इटहरीस्थित दिगो...

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९ जुलाईसम्म ग्रान्ड ओपनिङ सर्भिस क्याम्प

धोबीघाटमा एमजीको अत्याधुनिक सर्भिस सेन्टर सञ्चालन, २२–२९...

वि.सं.२०८३ साउन ३ आइतवार २०:५८

    काठमाडौं । नेपालमा जेएसडब्ल्यु एमजी गाडीहरूको आधिकारिक वितरक...

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली भावना र संस्कृतिको उत्सव

प्युजो मोटरसाइकल्स नेपालद्वारा ‘सोइरे फ्राँसेज’ मार्फत फ्रान्सेली...

वि.सं.२०८३ साउन ३ आइतवार १२:२३

  काठमाडौं, १६ जुलाई २०२६ — अग्नि ग्रुप अन्तर्गतको प्युजो...

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा सुरु, नेपाल टेलिकमद्वारा नयाँ व्यवस्था लागू

हराएको वा बिग्रेको सिमको अनलाइन आवेदन सेवा...

वि.सं.२०८३ साउन १ शुक्रवार २१:५९

  काठमाडौं । नेपाल टेलिकमले हराएको वा बिग्रेको सिमकार्ड (फिजिकल...