NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक बीपीए गोल्ड अवार्ड

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, असार १६ । कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा प्रदान गरिने प्रतिष्ठित ‘नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड २०२५’ अन्तर्गत वित्तीय सेवा क्षेत्रको विधामा गोल्ड अवार्डबाट सम्मानित भएको छ।

बैंकले लगातार तीन वर्ष उत्कृष्ट प्रदर्शन कायम राख्दै बीपीए अवार्ड २०२३ मा सिल्भर अवार्ड, बीपीए अवार्ड २०२४ मा गोल्ड अवार्ड तथा बीपीए अवार्ड २०२५ मा पुनः गोल्ड अवार्ड प्राप्त गर्न सफल भएको जनाएको छ। बैंकको वित्तीय विवरण दक्षिण एसियामै प्रतिष्ठित मानिने साफा अवार्डबाट समेत निरन्तर सम्मानित हुँदै आएको छ।

उक्त अवार्ड बैंकले आफ्नो वार्षिक प्रतिवेदनमार्फत वित्तीय विवरण, संस्थागत सुशासन, पारदर्शिता, उत्तरदायित्व तथा सरोकारवालामुखी सूचना प्रस्तुतिलाई उच्च प्राथमिकताका साथ समेटेको मूल्याङ्कनका आधारमा प्रदान गरिएको हो। बीपीए अवार्डले संस्थाहरूको वार्षिक प्रतिवेदनको गुणस्तर, वित्तीय पारदर्शिता तथा उत्कृष्ट प्रस्तुतीकरणलाई प्रोत्साहन गर्ने उद्देश्य राख्दछ।

काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित विशेष समारोहमा आईक्यानका अध्यक्ष निलबहादुर सारुले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विनय दाहाललाई उक्त अवार्ड प्रदान गरेका हुन्।

बैंकले यस सम्मानले वित्तीय पारदर्शिता, संस्थागत सुशासन तथा उत्तरदायी वित्तीय अभ्यासप्रतिको आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाएको जनाएको छ। आगामी दिनमा पनि सरोकारवालालाई समयानुकूल, यथार्थपरक तथा गुणस्तरीय वित्तीय सूचना उपलब्ध गराउँदै उत्कृष्ट संस्थागत अभ्यासलाई निरन्तरता दिने बैंकले विश्वास व्यक्त गरेको छ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...