NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

नेपाल लाइफलाई ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ को गोल्ड अवार्ड

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं, असार १७ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरेको छ। कम्पनीले आफ्नो स्थापनाको २५औँ वार्षिकोत्सव मनाइरहेको अवसरमा उक्त सम्मान प्राप्त गरेको हो।

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा असार १६ गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित विशेष समारोहमा नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा उक्त अवार्ड ग्रहण गरेका थिए।

आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, वित्तीय प्रतिवेदनसम्बन्धी मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धताको मूल्याङ्कनका आधारमा कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।

यस अवसरमा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त सम्मान सम्पूर्ण नेपाल लाइफ परिवारका लागि गर्वको विषय भएको बताउँदै यसले कम्पनीलाई वित्तीय पारदर्शिता, सुशासन तथा उत्कृष्ट कार्यसम्पादनलाई अझ सुदृढ बनाउँदै अघि बढ्न प्रेरणा दिएको उल्लेख गरे। उनले कम्पनीका बीमित, अभिकर्ता, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गरे।

चैत मसान्त २०८३ सम्मको तथ्याङ्कअनुसार नेपाल लाइफले ५२ लाख ४० हजारभन्दा बढी बीमालेख जारी गरी लाखौं नेपाली परिवारलाई आर्थिक सुरक्षाको दायरामा ल्याएको छ। कम्पनीले २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको छ भने हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरिसकेको जनाएको छ।

नेपाल सरकारलाई १७ अर्ब रुपैयाँभन्दा बढी राजस्व तथा कर योगदान पुर्‍याएको कम्पनीले इक्रा नेपालबाट ‘डबल ए माइनस (AA-)’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत आफ्नो पहिचान स्थापित गरेको छ।

हाल नेपाल लाइफका देशभर १९७ कार्यालय तथा ६५ हजारभन्दा बढी सक्रिय अभिकर्ता सञ्जाल रहेका छन्। कम्पनीले वित्तीय पारदर्शिता, सुशासन र ग्राहकप्रतिको प्रतिबद्धतालाई आधार बनाउँदै नेपालीहरूको रोजाइको जीवन बीमा कम्पनीका रूपमा आफ्नो नेतृत्वदायी स्थान कायम राख्दै आएको जनाएको छ।

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा बढी स्वयंसेवक सहभागी

पशुपतिनाथमा ‘सफा गरौँ’ अभियान सम्पन्न, ५०० भन्दा...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१३

  काठमाडौं । पशुपतिनाथ मन्दिर परिसरमा सञ्चालन गरिएको एकमहिने ‘सफा...

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र अभिकर्ता सम्मानित

सन नेपाल लाइफद्वारा गण्डकी–नारायणी क्षेत्रका एडीएम र...

वि.सं.२०८३ साउन ३० शनिवार ००:०४

  काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्स कम्पनी लिमिटेडले गण्डकी...

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका लागि विशेष तयारी

नाइमा एक्स्पोमा अनपेक्षित भीड, शनिबार र आइतबारका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:००

  काठमाडौं । भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’...