NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३० शनिवार

skip this leapmotornepal (citroen)

फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुम सञ्चालन गर्दै पश्चिम नेपालमा उपस्थिति विस्तार गर्‍यो

NIMB
leapmotornepal (citroen)

 

बुटवल, असार १५ – फोटोन मोटर्स नेपालले बुटवलमा नयाँ शोरुमको औपचारिक उद्घाटन गर्दै पश्चिम नेपालमा आफ्नो उपस्थिति थप सशक्त बनाएको छ। कम्पनीले नेपालभर आफ्नो पहुँच विस्तार गर्ने तथा पश्चिमी भेगका ग्राहकसम्म आफ्ना उत्पादन र सेवाहरू अझ नजिकबाट पुर्‍याउने उद्देश्यले नयाँ शोरुम सञ्चालनमा ल्याएको जनाएको छ।

व्यापारिक तथा यातायातको प्रमुख केन्द्रका रूपमा रहेको बुटवलमा सञ्चालनमा आएको नयाँ शोरुमले रुपन्देही, पाल्पा, नवलपरासी तथा आसपासका जिल्लाका ग्राहकलाई सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। यसबाट उक्त क्षेत्रका सवारीधनी तथा सम्भावित खरिदकर्ताका लागि फोटोनका सेवा तथा सवारीसाधनमा पहुँच अझ सहज हुने अपेक्षा गरिएको छ।

असार १५ गते आयोजित उद्घाटन समारोहमा एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बराल र फोटोन नेपालका कन्ट्री म्यानेजर साइरसले संयुक्त रूपमा रिबन काटेर शोरुम उद्घाटन गरेका थिए।

बुटवलको मणिग्राममा स्थापना गरिएको नयाँ शोरुम पूर्ण 3S (सेल्स, सर्भिस र स्पेयर पार्ट्स) सुविधासहित सञ्चालनमा आएको छ। एउटै स्थानबाट सवारी बिक्री, बिक्रीपछिको सेवा तथा जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराइने भएकाले ग्राहकले टाढाका अन्य शहर धाउनुपर्ने झन्झटबाट राहत पाउने विश्वास कम्पनीले लिएको छ।

यस सुविधामार्फत ग्राहकलाई सहज, भरपर्दो र निरन्तर सेवा अनुभव प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको छ। साथै, सवारी खरिददेखि यसको सम्पूर्ण उपयोग अवधिभर आवश्यक साथ र सेवा उपलब्ध गराउने भरपर्दो सेवा सञ्जाल निर्माण गर्ने फोटोनको प्रतिबद्धता यसले झल्काएको छ।

कार्यक्रममा बोल्दै एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले बुटवल शोरुम व्यापार विस्तार मात्र नभई नेपालभरका समुदायमा कम्पनीले गरेको दीर्घकालीन लगानीको प्रतीक भएको बताए। उनले कम्पनीले प्रत्येक सेवास्थलमा गुणस्तर र विश्वासलाई प्राथमिकता दिने प्रतिबद्धता दोहोर्‍याए।

 

शोरुम उद्घाटनसँगै फोटोन मोटर्स नेपालले आफ्ना ग्राहक जहाँ छन्, त्यहीँ पुगेर उनीहरूको आवश्यकता सम्बोधन गर्ने तथा देशव्यापी सेवा र विश्वसनीयताको स्तरलाई निरन्तर उकास्दै लैजाने प्रतिबद्धता पुनः व्यक्त गरेको छ।

एमएडब्लु वृद्धि कमर्सियल नेपालमा व्यावसायिक सवारीसाधन आपूर्ति गर्ने कम्पनी हो। फोटोन भेहिकल्सको आधिकारिक वितरकका रूपमा कम्पनीले विश्वसनीयता, कार्यक्षमता तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै देशभर विस्तार हुँदै गएको शोरुम तथा सेवा केन्द्रको सञ्जालमार्फत उच्च गुणस्तरका सवारीसाधन र अन्तर्राष्ट्रियस्तरको बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।

 

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए ईभी प्रविधिको प्रत्यक्ष अनुभव

नेपाली अटो मेकानिकले चीनको एसजीएमडब्ल्यू कारखानामा लिए...

वि.सं.२०८३ साउन ३० शनिवार ००:१६

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को प्रयोगसँगै दक्ष...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:४३

  भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक...