NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

ई ड्राइभ लुम्बिनीले किन्यो ५० थान एमजी विन्डसर कम्युट, पहिलो चरणमा १६ गाडी हस्तान्तरण

NIMB
leapmotornepal (citroen)

 

भैरहवा । नेपालका लागि एमजी मोटर इन्डियाको आधिकारिक वितरक जीओ अटोमोबाइल्स प्रालि र विद्युतीय सवारीमार्फत यात्रा सेवा सञ्चालन गर्दै आएको ई ड्राइभ लुम्बिनी नेपाल प्रालिबीच ५० थान विद्युतीय एमजी विन्डसर कम्युट कार खरिद–बिक्रीका लागि सम्झौता भएको छ ।

बिहीबार भैरहवामा एक कार्यक्रमको आयोजना गर्दै दुबै पक्षले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

व्यावसायिक सवारी साधन तथा यात्रा सेवा क्षेत्रमा विद्युतीय सवारीको प्रयोग विस्तार गर्ने उद्देश्यले भएको सम्झौताअनुसार पहिलो चरणमा १६ थान गाडी हस्तान्तरण भइसकेका छन् । बाँकी गाडी आगामी डेढ महिनाभित्र उपलब्ध गराउने तयारी रहेको जीओ अटोमोबाइल्सका निर्देशक आर्यमान गोल्छाले बताए । उनले १०२ वर्ष पुरानो गोल्छा अर्गनाइजेसन अन्तर्गतको जीओ अटोमोबाइल्सले सन् २००९ देखि सवारीसाधनको क्षेत्रमा काम गर्दै आएको बताए । उनका अनुसार जीओ अटोमोबाइल्सले यस वर्ष जेएसडब्ल्यू र एमजीसँगको सहकार्यमा नेपालमा एमजी ब्रान्डका सवारीसाधन भित्रयाएको हो ।

जीओ अटोमोबाइल्सका डिलर इन्चार्ज तथा समग्र सञ्चालन प्रमुख प्रकाश शाक्यले एमजी विन्डसर कम्युटलाई विशेषगरी व्यावसायिक सवारीसाधनका रुपमा प्रयोग गर्न मिल्ने गरी नेपालमा ल्याइएको बताए ।

‘एमजीसँग सहकार्य गरी गाडी आयात गर्न थालेको तीन–चार महिना भएको छ । यस अवधिमा ई ड्राइभ लुम्बिनी नेपालसँग भएको ५० थान गाडीको सम्झौता नै हाम्रो पहिलो ठूलो परिमाणको कारोबार हो,’ शाक्यले भने ।

भारतीय उत्पादन भएकाले गाडीका आवश्यक पुर्जा तथा बिक्रीपछिको सेवा सहज रुपमा उपलब्ध हुने उनले बताए । भारतका विभिन्न क्षेत्रमा गाडीका पुर्जा सहजै पाइने भएकाले नेपालमा समेत सेवा तथा मर्मतमा समस्या नहुने उनको भनाइ छ । शाक्यका अनुसार गाडीमा तीन वर्ष वा एक लाख किलोमिटरसम्मको वारेन्टी उपलब्ध छ ।

ई ड्राइभ लुम्बिनी नेपालका अध्यक्ष राजकुमार गुप्ताले एमजी विन्डसर कम्युटको आगमनसँगै लुम्बिनी प्रदेशमा यसको औपचारिक सुरुआत भएको बताए । उनका अनुसार ई ड्राइभ लुम्बिनी नेपालभर एमजी विन्डसर कम्युटको पहिलो ठूलो परिमाणको खरिदकर्ता बनेको छ ।

‘गाडी निकै फराकिलो र आरामदायी छ । भारतीय उत्पादन भएकाले यसका पुर्जा तथा प्राविधिक सेवा छिटो उपलब्ध हुन्छ । आवश्यकता परेको अवस्थामा भारतबाट एकै दिनमा प्राविधिक जनशक्ति बोलाउन सकिने सुविधा पनि छ,’ गुप्ताले भने ।

अनलाइनमार्फत ट्याक्सी तथा मोटरसाइकल यात्रा सेवा सञ्चालन गर्दै आएको ई ड्राइभ लुम्बिनीले आफ्नो सवारीसाधनको समूहमा थप सुविधायुक्त तथा फराकिलो श्रेणीको विद्युतीय कार थप गरेको हो । पहिलो चरणमा १६ थान गाडी विभिन्न व्यवसायीलाई हस्तान्तरण गरिएको छ ।

एमजी विन्डसर कम्युटमा १०० किलोवाट क्षमताको विद्युतीय मोटर र २०० न्यूटन मिटर टर्क रहेको छ । यसमा ३८ किलोवाट–घण्टा क्षमताको ब्याट्री प्रयोग गरिएको छ, जसले एकपटक पूर्ण चार्ज गर्दा करिब ३३० किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीको दाबी छ ।

यात्रुको आरामलाई ध्यानमा राख्दै गाडीमा १३५ डिग्रीसम्म ढल्काउन मिल्ने आरामदायी सिट जडान गरिएको छ । तीव्र गतिमा ब्याट्री चार्ज गर्न सकिने भएकाले व्यावसायिक प्रयोजनमा गाडी लामो समयसम्म सञ्चालनविहीन राख्नुपर्ने अवस्था कम हुने जीओ अटोमोबाइल्सका डिलर इन्चार्ज प्रमुख प्रकाश शाक्यले बताए ।

ई ड्राइभको सेवा प्रणालीमा यात्रु तथा चालकको सुरक्षाका लागि प्रत्यक्ष निगरानी, आपत्कालीन सम्पर्क तथा बीमा सुविधासमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा सार्वजनिक

स्मार्ट कनेक्टिभिटीसहित सुजुकी एक्सेस १२५ कनेक्टेड नेपालमा...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१४

  काठमाडौं । सुजुकी मोटरसाइकल नेपालले स्मार्ट कनेक्टिभिटी सुविधासहितको नयाँ...

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष अफर र सुविधा

नाइमा एक्स्पोमा अटो लोनका लागि बैंकहरुको विशेष...

वि.सं.२०८३ साउन २९ शुक्रवार ००:१०

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का लागि आयोजक नेपाल अटोमोबाइल्स...

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापनमा जोड

नाइमा एक्स्पो २०२६ : अटो फाइनान्सिङमा कर्जा,...

वि.सं.२०८३ साउन २८ बिहीवार २३:५९

  काठमाडौं । अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम...

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल बिनाशर्त रिहा गर्न माग

पत्रकार श्रेष्ठ पक्राउप्रति पत्रकार महासंघको आपत्ति, तत्काल...

वि.सं.२०८३ साउन २८ बिहीवार २०:३१

  काठमाडौं । नेपाल पत्रकार महासंघले समाचारसँग सम्बन्धित विषयलाई लिएर...

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१२

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी...