NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

बजेट र मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन व्यवसायलाई सहज बनाएको छ : नाडा अध्यक्ष

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना गर्ने ‘नाडा अटो शो २०२६’लाई सवारीसाधन बिक्रीको प्रदर्शनीमा मात्र सीमित नगरी अटोमोबाइल क्षेत्रको समग्र इकोसिस्टम प्रदर्शन गर्ने थलोका रूपमा प्रस्तुत गर्ने भएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीका अनुसार यसपटकको प्रदर्शनीमा सवारीसाधनसँगै पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, बीमा, बैंक तथा वित्तीय सेवा, बिक्रीपछिको सेवा र नयाँ प्रविधिसहित अटोमोबाइल क्षेत्रसँग सम्बन्धित विभिन्न पक्षलाई एउटै छानामुनि ल्याइनेछ ।

‘नाडा व्यापार गर्नका लागि मात्रै आयोजना हुने प्रदर्शनी होइन,’ उप्रेतीले भने, ‘नयाँ आविष्कार, प्रविधिको विकास र आगामी दिनमा अटोमोबाइल क्षेत्र कुन दिशातर्फ जान्छ भन्ने कुरा उपभोक्तालाई देखाउनु हाम्रो मुख्य उद्देश्य हो ।’

उनका अनुसार यसपटकको शोमा २०० भन्दा बढी स्टल रहनेछन् । विभिन्न ब्रान्डले नयाँ मोडल तथा उत्पादन सार्वजनिक गर्ने तयारी गरेका छन् । कुन ब्रान्डले कुन समयमा नयाँ उत्पादन सार्वजनिक गर्ने भन्ने विस्तृत विवरण भने आयोजकले छुट्टै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

यसपटकको नाडा अटो शोमा नेपाली उत्पादन तथा नेपालमै एसेम्बल भएका सवारीसाधनलाई विशेष प्राथमिकता दिइने भएको छ । नेपालमै उत्पादन भएको तथा एसेम्बल गरिएका सवारीसाधनलाई प्रदर्शनीमा राखिने उप्रेतीले बताए ।

उनका अनुसार नेपालमै पूर्ण उत्पादन भएको यात्री मोटरसाइकलसमेत शोमा सार्वजनिक गर्ने तयारी छ । नेपाली उद्योगले सवारीसाधन उत्पादन तथा एसेम्बलीमा गरेको लगानीलाई प्रोत्साहन गर्ने उद्देश्यले स्थानीय उत्पादनलाई प्रदर्शनीमा प्राथमिकता दिइएको उनको भनाइ छ ।

नेपालमा सवारीसाधन एसेम्बली तथा उत्पादनको सम्भावना विस्तार हुँदै गएको भन्दै उप्रेतीले यस्ता उद्योगलाई दीर्घकालीन नीति र स्थायित्व दिन सके बहुराष्ट्रिय कम्पनीलाई समेत नेपालमा आकर्षित गर्न सकिने बताए ।

पछिल्लो समय नेपालको अटोमोबाइल बजारमा विद्युतीय सवारीसाधन (ईभी)को हिस्सा बढ्दै गएको छ । पेट्रोल तथा डिजेलमा आधारित सवारीसाधनको तुलनामा ईभीप्रति उपभोक्ताको आकर्षण बढिरहेको उप्रेतीले बताए ।

तर ईभीको बढ्दो संख्यासँगै पर्याप्त चार्जिङ पूर्वाधार निर्माण हुन नसक्नु प्रमुख चुनौतीका रूपमा रहेको उनको भनाइ छ । नेपालभर दुई हजारभन्दा बढी चार्जिङ स्टेसन निर्माण भइसके पनि बढ्दो ईभीका लागि हालको पूर्वाधार पर्याप्त नभएको उनले बताए ।

ईभी आयातकर्ताले आवश्यकता अनुसार विभिन्न स्थानमा फास्ट चार्जर जडान गरिरहेको र नेपाल विद्युत् प्राधिकरणले समेत देशका विभिन्न स्थान तथा राजमार्गमा चार्जिङ पूर्वाधार विस्तार गरिरहेको उनले जानकारी दिए ।

‘चार्जिङ स्टेसन बन्नै नसकेको अवस्था होइन, तर अहिलेको आवश्यकताका तुलनामा पर्याप्त छैन,’ उनले भने, ‘ईभीको संख्या बढ्दै जाँदा चार्जिङ पूर्वाधार पनि क्रमिक रूपमा विस्तार हुँदै जानुपर्छ ।’ उप्रेतीका अनुसार ईभी अहिलेको बजारको प्रमुख प्रवृत्ति भए पनि अटोमोबाइल प्रविधि निरन्तर परिवर्तन हुने भएकाले आगामी पाँचदेखि १० वर्षमा आउन सक्ने नयाँ प्रविधिलाई समेत नाडा अटो शोमा समेट्ने प्रयास गरिएको छ ।

अटोमोबाइल बजार सुधारको बाटोमा

अध्यक्ष उप्रेतीले नेपालको अटोमोबाइल बजार क्रमिक रूपमा सुधारको बाटोमा रहेको बताए । पछिल्लो समय बजारमा सुधारका संकेत देखिन थालेको उनको भनाइ छ । सरकारले हालै ल्याएको बजेट तथा मौद्रिक नीतिका व्यवस्थाले सवारीसाधन आयात तथा व्यवसायलाई केही सहज बनाएको उनले बताए ।

लामो समयदेखि अटोमोबाइल क्षेत्रले उठाउँदै आएको कर, आयात तथा वित्तीय सुविधासम्बन्धी विषयमा पछिल्लो बजेटले केही सम्बोधन गरेको उनको भनाइ छ । ठूला सवारीसाधनका लागि बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह सहज बनाउनुपर्नेमा उनले जोड दिए । साथै, सवारीसाधन खरिदमा कर्जाको ‘लोन टु भ्यालु’ (एलटीभी) अनुपात बढाउनुपर्ने मागसमेत उनले राखे ।

‘एलटीभी अनुपातलाई केही बढाएर सवारीसाधन खरिद सहज बनाउने र निश्चित अवधिका लागि ब्याजदरमा सहुलियत दिने व्यवस्था भयो भने यसले बजारलाई थप चलायमान बनाउन सक्छ,’ उनले भने । उनका अनुसार यसबाट सवारीसाधन खरिद गर्न चाहने उपभोक्तालाई सहज हुनुका साथै बैंकिङ प्रणालीमा रहेको रकम पनि अटोमोबाइल क्षेत्रमा परिचालन हुन सक्छ ।

एसेम्बली उद्योगलाई दीर्घकालीन नीति आवश्यक

नेपालमा सवारीसाधन एसेम्बली उद्योगमा लगानी बढ्दै गएको उल्लेख गर्दै उप्रेतीले यस क्षेत्रलाई दीर्घकालीन स्थायित्व दिन सरकारको नीति महत्वपूर्ण हुने बताए । नेपालमा दुईपांग्रे सवारीसाधनको एसेम्बली तथा स्थानीय उत्पादनको हिस्सा उल्लेख्य रहेको उनको भनाइ छ ।

यस्ता उद्योगलाई स्पष्ट र स्थिर नीति दिएमा आगामी दिनमा थप लगानी भित्र्याउन सकिने उनले बताए । उनका अनुसार नेपालमा उत्पादन तथा एसेम्बलीको वातावरण बने बहुराष्ट्रिय कम्पनीहरूलाई समेत नेपालमा लगानी गर्न आकर्षित गर्न सकिन्छ ।

अटो शो एउटा ठूलो आर्थिक इकोसिस्टम

उप्रेतीले नाडा अटो शो अटोमोबाइल क्षेत्रको मात्र नभई समग्र अर्थतन्त्रसँग जोडिएको कार्यक्रम भएको बताए । सवारीसाधन बिक्रीसँगै बिक्रीपछिको सेवा, बीमा, बैंक तथा वित्तीय सेवा, मिडिया, यातायात, होटल तथा खाद्य व्यवसायलगायत धेरै क्षेत्र यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिने उनको भनाइ छ ।

‘अटो शो एउटा सवारीसाधन बिक्री गर्ने ठाउँ मात्र होइन, यससँग जोडिएको सम्पूर्ण इकोसिस्टम एउटै ठाउँमा देखिन्छ,’ उनले भने ।

उनका अनुसार अटोमोबाइल क्षेत्रले सरकारलाई राजस्व संकलन तथा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा समेत महत्वपूर्ण योगदान दिँदै आएको छ । त्यसैले अटोमोबाइल क्षेत्रलाई नीतिगत रूपमा स्थिरता र सहजीकरण आवश्यक रहेको उनले बताए ।

सडक सुरक्षा र सीप विकासमा पनि जोड

नाडाले व्यापारसँगै सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेको उप्रेतीले बताए । ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक सुरक्षा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।

अनावश्यक हर्नको प्रयोग नगर्ने, जोखिमपूर्ण ओभरटेक नगर्ने तथा सुरक्षित रूपमा सवारी सञ्चालन गर्नेलगायतका विषयमा चालकलाई सचेत गराउने काम भइरहेको उनले बताए । त्यसैगरी अटोमोबाइल क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न विभिन्न संघसंस्थासँग सहकार्य गरी सीपमूलक तालिम सञ्चालन भइरहेको उनले बताए। तालिम लिएका जनशक्तिलाई रोजगारीसँग जोड्ने प्रयाससमेत भइरहेको उनको भनाइ छ ।

उप्रेतीले भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा हुने नाडा अटो शोमा उपभोक्तालाई सहभागी हुन आग्रह गरेका छन् । एउटै छानामुनि विभिन्न ब्रान्ड, नयाँ प्रविधि र अटोमोबाइलसँग सम्बन्धित सेवा उपलब्ध हुने भएकाले उपभोक्ताले आफ्नो आवश्यकता, सवारीसाधनको क्षमता तथा बिक्रीपछिको सेवाबारे बुझेर मात्र खरिद निर्णय गर्नुपर्ने उनले बताए ।

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक,...

वि.सं.२०८३ साउन २७ बुधवार २२:००

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...