NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ मा रु. ५ अर्ब ४२ करोड कुल बीमा शुल्क संकलन गरेको छ। कम्पनीले सोही अवधिमा रु. ४ अर्ब ९६ करोड बराबरको बीमा दाबी भुक्तानी गर्दै बीमितप्रतिको आफ्नो प्रतिबद्धता, द्रुत सेवा र विश्वासलाई थप सुदृढ बनाएको जनाएको छ।

कम्पनीका अनुसार पछिल्ला केही वर्षयता व्यवसाय विस्तार, सेवा सञ्जालको सुदृढीकरण तथा ग्राहक पहुँचमा निरन्तर वृद्धि भएको छ। यससँगै दाबी भुक्तानी क्षमतामा पनि उल्लेखनीय सुधार गर्दै कम्पनीले ग्राहकप्रतिको विश्वासलाई कायम राख्न सफल भएको जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले कम्पनीप्रति विश्वास गर्ने ग्राहक, अभिकर्ता, व्यावसायिक साझेदार, कर्मचारी, शेयरधनी, नियामक निकाय तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ उत्कृष्ट सेवा, छिटो दाबी भुक्तानी, नवीन बीमा समाधान तथा ग्राहककेन्द्रित सेवामार्फत विश्वासलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे।

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा, सहज दाबी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत ग्राहकलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्दै नेपालको निर्जीवन बीमा क्षेत्रको दिगो विकासमा योगदानलाई निरन्तर अगाडि बढाउने जनाएको छ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...