NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २९ शुक्रवार

skip this leapmotornepal (citroen)

फिफा विश्वकप २०२६ लक्षित गर्दै नेपाल टेलिकमको विशेष ‘टीभी प्याकेज’ सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ । नेपाल टेलिकमले आगामी फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना आईपीटीभी (IPTV) ग्राहकका लागि विशेष ‘FIFA World Cup 2026 TV Package’ सार्वजनिक गरेको छ।

कम्पनीले विश्वकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिताको प्रत्यक्ष प्रसारण सहज रूपमा हेर्न सकून् भन्ने उद्देश्यले विशेष प्याकेज उपलब्ध गराएको जनाएको छ। यसअन्तर्गत आईपीटीभी ग्राहकहरूले ९९९ रुपैयाँमा विश्वकपका खेलहरूको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।

नेपाल टेलिकमका अनुसार एनटीटीभी (NTTV) ग्राहकहरूले आफ्नो टेलिभिजन सेटमार्फत हिमालयन स्पोर्ट्स च्यानल छनोट गर्दा छुट्टै इन्ट्री स्क्रिन प्राप्त गर्नेछन्। उक्त स्क्रिनमा नेपाल टेलिकमको प्रिपेड वा पोस्टपेड मोबाइल नम्बर प्रविष्ट गरेपछि ओटीपी (OTP) प्राप्त हुनेछ। प्राप्त ओटीपी टेलिभिजन स्क्रिनमा प्रविष्ट गरेपछि ग्राहकको मोबाइल ब्यालेन्सबाट ९९९ रुपैयाँ कट्टा भई प्याकेज तत्काल सक्रिय हुनेछ।

कम्पनीले नजिकको ग्राहक सेवा केन्द्रबाट समेत उक्त प्याकेज सक्रिय गर्न सकिने जनाएको छ।

यसका साथै आगामी जेठ २६ देखि साउन ३ गतेसम्म वार्षिक १०० Mbps वा सोभन्दा माथिको ‘Internet with Premium IPTV Package’ नयाँ जडान गर्ने, नवीकरण गर्ने वा कम गतिको प्याकेजबाट १०० Mbps वा सोभन्दा माथिको प्याकेजमा अपग्रेड गर्ने ग्राहकहरूले ‘FIFA World Cup 2026 TV Package’ बोनसका रूपमा निःशुल्क प्राप्त गर्नेछन्।

उक्त बोनस प्याकेज लिन ग्राहकहरूले आफ्नो मोबाइलबाट *1416# डायल गर्न सक्ने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमले उच्च गुणस्तरीय प्रविधि र उत्कृष्ट खेलकुद मनोरञ्जन सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याउँदै थप जानकारीका लागि नजिकको ग्राहक सेवा केन्द्र, आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सम्पर्क गर्न अनुरोध गरेको छ।

१३० प्रतिशतले बढेर ९६ करोड पुग्यो अपि पावरको खुद नाफा

१३० प्रतिशतले बढेर ९६ करोड पुग्यो अपि...

वि.सं.२०८३ साउन २९ शुक्रवार २३:४६

  काठमाडौं। अपि पावर कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो...

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग

कुमारी बैंकद्वारा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:५०

काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रम...

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी क्याम्प

वर्षायाममा सुजुकी सवारीसाधन सुचारु राख्न तीनदिने राष्ट्रव्यापी...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:४३

लेबरमा २० प्रतिशतसम्म छुट, निःशुल्क वर्षायाम सुरक्षा जाँच र विशेष...

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन : सरोकारवाला के भन्छन् ?

अटो फाइनान्सिङमा कर्जा, बीमा र जोखिम व्यवस्थापन...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३८

  अटो फाइनान्सिङमा कर्जा प्रवाह बढ्दै जाँदा जोखिम व्यवस्थापन, बीमा...

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

भारी वर्षाका बीच नाइमा एक्स्पोमा अवलोकनकर्ताको घुइँचो

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३५

  काठमाडौं, २८ साउन। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास बैंक

करदाता प्रोत्साहन उपहार कार्यक्रममा कामना सेवा विकास...

वि.सं.२०८३ साउन २९ शुक्रवार ०९:३१

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...