IME Life
NIMB

इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट तथा अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमा नवीकरणलाई अझ सहज, सुरक्षित र आकर्षक बनाउन विशेष उपहार योजना सार्वजनिक गरेको छ ।

यो योजना जेठ १ गतेदेखि असार ३२ गते २०८३ सम्म सञ्चालन भैरहेको छ । अभियान अवधिभर इसेवाको मोबाइल एप वा वेबसाइटमार्फत नेपालको कुनै पनि जीवन बीमा कम्पनीको बीमा प्रिमियम भुक्तानी वा पोलिसी नवीकरण गर्ने ग्राहकहरूले आकर्षक उपहार जित्ने अवसर पाउनेछन् ।

यस योजनाअन्तर्गत एक जना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप ४३ इन्चको स्मार्ट टिभी प्राप्त गर्नेछन्। साथै, तीन जना विजेताले जनही २५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । अभियान अवधिभर प्रत्येक हप्ता एक जना प्रयोगकर्तालाई २ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरिनेछ ।

यसका साथै, विभिन्न जीवन बीमा कम्पनीहरूसँगको सहकार्यमा ग्राहकहरूलाई आकर्षक क्यासब्याक सुविधा समेत उपलब्ध गराइने इसेवाले जनाएको छ ।

इसेवाको अनलाइन बीमा नवीकरण सेवामार्फत ग्राहकहरूले कार्यालय धाउनुपर्ने झन्झट बिना घरबाटै छिटो, सुरक्षित र भरपर्दो रूपमा जीवन बीमा नवीकरण तथा प्रिमियम भुक्तानी गर्न सक्नेछन् । कम्पनीका अनुसार यस अभियानले जीवन बीमाप्रति जनचेतना बढाउनुका साथै डिजिटल भुक्तानीको प्रयोगलाई थप प्रवद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

इसेवामार्फत आजै आफ्नो जीवन बीमा नवीकरण गर्नुहोस्, भविष्य सुरक्षित बनाउनुहोस् र आकर्षक उपहार जित्ने अवसर पनि प्राप्त गर्नुहोस् ।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल...

वि.सं.२०८३ साउन २० बुधवार ०७:४३

  काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...