IME Life
NIMB

ग्यास अभावबारे एलपी ग्यास उद्योग संघको अपिल : एक महिना पुग्ने ग्यास भएकाले लाइनमा नबस्न आग्रह

NIMB
Himalayan Bank

 

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव र उपभोक्ताले लामो समय लाइनमा बसेर पनि ग्यास नपाइरहेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। संघले मंगलबार एक हार्दिक अपिल जारी गर्दै बजारलाई सहज बनाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको हो।

संघका अनुसार विगतमा तेस्रो मुलुकमा उत्पन्न अप्रत्याशित द्वन्द्वका कारण ग्यास आयात प्रभावित भएपछि उपभोक्ताको सहजताका लागि ७.१ केजीको आधा सिलिन्डर मात्र उपलब्ध गराइएको थियो। हाल अन्तर्राष्ट्रिय परिस्थिति सामान्य बन्दै गएको, आयात नियमित भएको र उपभोक्ताको मागअनुसार पुनः १४.२ केजीको पूर्ण सिलिन्डर वितरण सुरु गरिएको जनाएको छ।

संघले आयात नियमित भए पनि पछिल्लो चार महिनामा करिब ४५ हजार मेट्रिक टन ग्यास नियमित आवश्यकताभन्दा कम आयात भएको, लामो समयसम्म आधा सिलिन्डर प्रयोग भएको तथा ग्यास अभाव हुने आशंकामा उपभोक्ताले सबै खाली सिलिन्डर एकैपटक भर्न खोज्दा बजारमा अस्थायी अभाव देखिएको स्पष्ट पारेको छ।

समस्या समाधानका लागि नेपाल आयल निगम, ग्यास उद्योग, विक्रेता तथा उपभोक्ताबीच सहकार्य आवश्यक रहेको संघको भनाइ छ। कम्तीमा एक महिनासम्म पुग्ने ग्यास मौज्दात भएका उपभोक्तालाई तत्काल लाइनमा नबस्न, विक्रेतालाई पारदर्शी र व्यवस्थित रूपमा ग्यास वितरण गर्न तथा उद्योगहरूलाई नियमित रूपमा बजारमा ग्यास आपूर्ति गर्न आग्रह गरिएको छ। साथै बजार पूर्ण रूपमा सहज नहुँदासम्म नियमित आवश्यकताभन्दा बढी ग्यास आयात गर्न नेपाल आयल निगमसँग पनि अनुरोध गरिएको छ।

एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले सबै पक्षले इमानदारीपूर्वक आफ्नो जिम्मेवारी पूरा गरे छोटो समयमै बजार सहज हुने विश्वास व्यक्त गर्दै अनावश्यक रूपमा ग्यास सञ्चय नगर्न र आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न सम्पूर्ण उपभोक्तासँग अपिल गरेका छन्।

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई : स्नेहशील बुद्धिमत्ता’ प्रदर्शनी, २०२६ का अत्याधुनिक एआई उत्पादन सार्वजनिक

एलजी र सीजी इलेक्ट्रोनिक्सद्वारा ‘अनुभव एआई :...

वि.सं.२०८३ साउन २० बुधवार ०८:०८

  काठमाडौं । एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले नेपालका लागि आफ्नो आधिकारिक वितरक...

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन सार्वजनिक हुँदै

नाइमा एक्स्पोमा ईभीको दबदबा, ४० नयाँ उत्पादन...

वि.सं.२०८३ साउन २० बुधवार ०८:००

  काठमाडौं । नेपाली अटोमोबाइल बजारमा विद्युतीय सवारी (ईभी) को...

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा बढी खुद नाफा

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि, पहिलोपटक ४ अर्बभन्दा...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:१४

  काठमाडौं । एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को...

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२ युवाले पाए प्राविधिक तालिम

एलजी ‘शिपशिक्षा’ कार्यक्रमको १६औँ ब्याच सुरु, ३३२...

वि.सं.२०८३ साउन १९ मंगलवार २३:०८

  काठमाडौं । चौधरी फाउन्डेसनको पहलमा एलजी इलेक्ट्रोनिक्सले ‘एलजी शिपशिक्षा’ कार्यक्रमको...

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैंकहरूबीच सहकार्य अपरिहार्य छ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न...

वि.सं.२०८३ साउन १९ मंगलवार २२:१७

काठमाडौँ । अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार...

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

युवालाई सीपयुक्त बनाउँदै रोजगारी र उद्यमशीलता प्रवद्र्धन...

वि.सं.२०८३ साउन १९ मंगलवार १०:४१

  काठमाडौं। युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले...