CG Electronics
IME Life
NIMB

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं। मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना सार्वजनिक गरेका छन् । यो योजना अब खल्ती एपमार्फत सहज रूपमा उपलब्ध हुनेछ, जसले वित्तीय सुरक्षा अझ सरल, छिटो र पहुँचयोग्य बनाउने लक्ष्य राखेको छ ।

बीमा सेवा लिन अब जटिल प्रक्रिया वा लामो समय कुर्नुपर्ने आवश्यकता छैन । मोबाइल प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको ‘सुरक्षा ३६०’ योजना केही आधारभूत व्यक्तिगत विवरण भरेर केही मिनेटमै खरिद गर्न सकिनेछ । कागजी प्रक्रिया कम गर्दै र चरणहरूलाई सरल बनाउँदै, दैनिक रूपमा धेरै नेपालीले प्रयोग गर्ने डिजिटल प्लेटफर्ममार्फत सहज अनुभव प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको हो ।

‘सुरक्षा ३६०’ ले जीवन तथा स्वास्थ्यसँग सम्बन्धित विभिन्न महत्वपूर्ण सुरक्षणहरू एउटै योजनाभित्र समेटेको छ, जसले ग्राहकलाई फरक–फरक बीमा योजना व्यवस्थापन गर्नुपर्ने झन्झटबाट मुक्त बनाउँछ । यस योजनामा जीवन बीमा, दुर्घटनाबाट हुने मृत्यु तथा स्थायी अशक्तता सुरक्षण, गम्भीर रोग बीमा तथा दुर्घटनाबाट हुने उपचार खर्चसमेत समावेश गरिएको छ ।

जीवन र स्वास्थ्यसँग सम्बन्धित आर्थिक जोखिमलाई समग्र रूपमा सम्बोधन गर्ने उद्देश्यसहित ल्याइएको यो योजना सिल्वर, गोल्ड र प्ल्यातिनम गरी तीन वटा प्याकेजमा उपलब्ध छ । ग्राहकहरूले आफ्नो आवश्यकता र बजेटअनुसार उपयुक्त योजना छनोट गर्न सक्नेछन् । रु. २३ लाखदेखि रु. ४६ लाखसम्मको बीमा सुरक्षण उपलब्ध रहेको यस योजनाको वार्षिक बीमाशुल्क छनोट गरिएको प्याकेज अनुसार रु. ३,८१० बाट सुरु हुने भएकाले १८ देखि ५० वर्ष उमेर समूहका धेरै नेपालीका लागि समग्र बीमा सुरक्षण अझ पहुँचयोग्य र किफायती बन्ने विश्वास गरिएको छ ।

मेटलाइफ नेपालका प्रमुख वितरण अधिकृत, श्री अरुणबहादुर बस्नेतले भन्नुभयो, “सुरक्षा ३६० ले जीवनका विभिन्न चरणमा ग्राहकलाई आवश्यक वित्तीय सुरक्षण प्रदान गर्नेछ । विश्वसनीय डिजिटल प्लेटफर्ममार्फत बीमा सेवालाई सहज बनाउँदै, अझ धेरै नेपालीलाई वित्तीय सुरक्षातर्फ सचेत र जिम्मेवार कदम चाल्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो ।”

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...