NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

टोखाको कपडा गार्मेन्टमा भएको आगलागी सेनासमेतको सक्रियतामा नियन्त्रण : ८ करोडको क्षति

NIMB
leapmotornepal (citroen)

 

काठमाडौँ जिल्ला टोखा नगरपालिका– ५, बसुन्धारा स्थित सिद्ध बाबा इन्टरप्राइजेज (कपडा गार्मेन्ट) मा भीषण आगलागी भएको छ। यो आगलागीमा करिव ८ करोड रुपैयाँ क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।

२०८३ साल जेठ २७ गते बिहान ९आज० करिब ३ बजेको समयमा अचानक सुरु भएको उक्त आगलागीलाई सुरक्षा निकाय, स्थानीय र विभिन्न स्थानीय तहका दमकलहरूको ठुलो प्रयासपछि नियन्त्रणमा लिइएको नेपाली सेनाले जनाएको छ।

घटनाको जानकारी पाउनासाथ आगलागी नियन्त्रणका लागि नेपाली सेनाको नम्बर १ विपद् व्यवस्थापन गण तथा नरसिंहदल गणबाट २ वटा दमकलसहितको विशेष टोली तत्काल कार्यक्षेत्रमा खटिएको थियो।

आगलागीलाई थप फैलन नदिन र पूर्ण रूपमा नियन्त्रणमा लिनका लागि नेपाली सेनाको टोलीसँगै अन्य सुरक्षा निकाय, स्थानीय बासिन्दा तथा विभिन्न क्षेत्रका दमकलहरू परिचालन गरिएका थिए।

आगलागी नियन्त्रणका लागि काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, भक्तपुर नगरपालिका, सुर्यविनायक नगरपालिका, कागेश्वरी मनहरा नगरपालिका, चन्द्रागिरी नगरपालिका, जुद्ध वारुण यन्त्र वसन्तपुर र सशस्त्र प्रहरी बल, नेपालको दमकलहरूको सहयोग लिइएको थियो। सबै पक्षको समन्वयात्मक र तीव्र प्रयासका कारण आगोलाई थप ठुलो क्षति हुनबाट रोक्दै नियन्त्रणमा लिन सफलता मिलेको सेनाको भनाइ छ ।

उक्त घट्नामा कुनै पनि मानवीय क्षति भएको छैन । अग्नि नियन्त्रक र सुरक्षाकर्मीहरूको समयमै भएको सक्रियताका कारण ठुलो मानवीय दुर्घटना टरेको भए तापनि भौतिक रूपमा भने ठुलो क्षति पुगेको छ।

आगलागीबाट सिद्ध बाबा इन्टरप्राइजेजमा पूर्ण रूपमा क्षति पुग्नुका साथै सोही इन्टरप्राइजेजसँगै जोडिएका एउटा किराना पसल र टि।भि। पसलमा समेत आगो सल्किएर क्षति पुगेको जानकारी दिइएको छ। आगलागीको कारण र क्षतिको पूर्ण विवरण सङ्कलन गर्ने काम भइरहेको छ ।

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी लगानीको वातावरण बिग्रिने एनसेलको चेतावनी

शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक भएपछि विदेशी...

वि.सं.२०८३ साउन २८ बिहीवार १८:१८

  काठमाडौं । एनसेलले आफ्नो शेयर खरिद–बिक्रीसम्बन्धी छानबिन प्रतिवेदन सार्वजनिक...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार १६ जनालाई नगद उपहार घोषणा हुने

करदाता प्रोत्साहन उपहार कार्यक्रमको तयारी पूरा, शुक्रबार...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०९:१३

  काठमाडौं । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रम...

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब खल्तीमार्फत

नेपाल सरकारको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अब...

वि.सं.२०८३ साउन २२ शुक्रवार ०८:२१

  काठमाडौं। आईएमई खल्ती लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय अन्तर्गतको...

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...