NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २७ बुधवार

skip this leapmotornepal (citroen)

इप्पानको वरिष्ठ उपाध्यक्षमा उत्तम लामाको उम्मेदवारी : प्रतिबद्धता पत्र सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार उत्तम लामाले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा लामाले ऊर्जा क्षेत्रको विकास, नीति सुधार तथा संस्थागत सुदृढीकरणलाई केन्द्रमा राख्दै आफ्ना प्राथमिकताहरू सार्वजनिक गरेका हुन्।

उनले इप्पानलाई नीति अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, ऊर्जा आयोजना विकास प्रक्रियामा रहेका जटिलता र झन्झटहरू कम गर्न पहल गर्ने तथा अनुमति, स्वीकृति र वातावरणीय प्रक्रियालाई थप सरल र व्यवस्थित बनाउन काम गर्ने प्रतिबद्धता जनाएका छन्।

लामाले संस्थाभित्र सकारात्मक र परिणाममुखी कार्यसंस्कृति विकास गर्ने बताउँदै व्यक्तिगतभन्दा संस्थागत हितलाई प्राथमिकतामा राख्ने धारणा व्यक्त गरे। उनले ‘हामी विरोध होइन–समाधान दिन्छौं’, ‘हामी नारा होइन–संस्था बनाउँछौं’ र ‘हामी व्यक्तिगत होइन–संस्थागत नेतृत्व चाहन्छौं’ भन्ने मूल नारासहित आफ्नो चुनावी अभियान अघि बढाएको जानकारी दिए।

उनका अनुसार इप्पानलाई केवल प्रतिनिधिमूलक संस्थाका रूपमा सीमित नराखी ऊर्जा क्षेत्रका नीतिगत विषयमा अध्ययन, अनुसन्धान र सुझाव दिने सक्षम संस्थाका रूपमा विकास गरिनेछ। ऊर्जा उत्पादकहरूले भोग्दै आएका वित्तीय, कानुनी तथा प्रशासनिक समस्याको समाधानका लागि संस्थाले सक्रिय भूमिका खेल्नुपर्नेमा उनले जोड दिए।

लामाले ऊर्जा क्षेत्रका सरोकारवालाबीच समन्वय, सहकार्य र विश्वास अभिवृद्धि गर्दै निजी क्षेत्रको योगदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे। साथै, संस्थाको आगामी नेतृत्वले सदस्यहरूको साझा हित र ऊर्जा क्षेत्रको दीर्घकालीन विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उनको भनाइ छ। कार्यक्रममा लामाले आगामी निर्वाचनमा आफ्नो प्यानललाई विश्वास र समर्थन गर्न इप्पानका सदस्यहरूसँग आग्रह गरेका छन् ।

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका सुविधा र १५ लाख ५० हजारसम्मको अफर

नाइमा एक्स्पोमा एमजी म्याजेस्टरको सार्वजनिक, ४×४ सहितका...

वि.सं.२०८३ साउन २७ बुधवार ०८:२५

एमजीको सबैभन्दा ठूलो, शक्तिशाली र प्रिमियम एसयूभी नेपालमा सार्वजनिक —...

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

अमेरिकी दूतावासको क्यापस्टोन एक्सेलेरेटर सम्पन्न

वि.सं.२०८३ साउन २७ बुधवार ०७:४८

  हाँडी बिरयानीका सह–संस्थापक पोषण नेपाल देशभरका उत्कृष्ट २० उद्यमीमा...

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा र सुविधामा जोड

नाइमा एक्स्पोमा बीवाईडीका अपग्रेडेड सिरिजहरु सार्वजनिक, सुरक्षा...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:४७

  अपडेटेड एट्टो १, न्यु एट्टो २ एसेन्सियल र २०२६...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...