IME Life
NIMB

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को पहिलो दिनमै २९ हजारभन्दा बढीले अवलोकन गरेका छन्। एक्स्पोको पहिलो दिन विभिन्न ब्रान्डले ४८ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्।

मंगलबार नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा विशेष कार्यक्रमबीच एक्स्पोको उद्घाटन गरिएको हो। आयोजकले ६ दिनसम्म चल्ने एक्स्पोमा करिब डेढ लाख दर्शक सहभागी हुने अपेक्षा गरेको छ। उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको बिक्री–वितरणमा मात्रै सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको बताइन्।

उनले पटक–पटक परिवर्तन हुने सरकारी नीतिले व्यवसायीमा अनिश्चितता बढाएको भन्दै निजी क्षेत्र र सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्। उनका अनुसार नीतिगत स्थिरता नहुँदा नयाँ लगानी भित्र्याउन चुनौती देखिएको छ।

अटो क्षेत्रलाई ‘राजस्वको स्रोत’ मात्रै नहेर्न आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले सरकारले अटोमोबाइल क्षेत्रलाई लामो समयदेखि मुख्यतः राजस्व संकलनको स्रोतका रूपमा हेर्दै आएको बताए।

उनले नेपालमा अटोमोबाइल क्षेत्रमा विश्वकै उच्चमध्ये भन्सार दर रहेको दाबी गर्दै यस क्षेत्रलाई विलासी वस्तुको सट्टा आर्थिक गतिविधिसँग जोडिएको आवश्यकताको क्षेत्रका रूपमा हेर्नुपर्ने बताए।

विद्युतीय सवारीसाधनमा समेत स्थिर नीति आवश्यक रहेको उनको भनाइ छ। निजी क्षेत्र लगानीका लागि तयार भए पनि लगानीमैत्री वातावरण निर्माण गर्ने जिम्मेवारी सरकारको रहेको उनले बताए।

नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले अटोमोबाइल क्षेत्र सरकारलाई ठूलो राजस्व दिने क्षेत्रमध्ये एक भएकाले यसलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए। यातायात क्षेत्रमा हुने लगानी र यसको दिगो विकासले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउने उनको भनाइ छ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले मोबिलिटी क्षेत्रलाई यातायातसँग मात्रै जोडेर हेर्न नहुने बताए। उनका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा मोबिलिटी क्षेत्रको योगदान करिब ७ प्रतिशत छ।

मोबिलिटी क्षेत्र बैंकिङ, बिमा, पर्यटन, निर्माण र सूचना प्रविधिजस्ता क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै अग्रवालले यसलाई आर्थिक विकासको महत्वपूर्ण इन्जिनका रूपमा लिनुपर्ने बताए।

पहिलो दिनमै लगानी र एफडीआईबारे बहस

एक्स्पोको पहिलो दिन ‘Investment and Foreign Direct Investment (FDI): Mobilizing-Fuel for Economic Growth’ विषयमा छलफल गरिएको थियो।

पूर्वबैंकर अनिलकेशरी शाहको सहजीकरणमा भएको छलफलमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं आर्थिक अनुसन्धान विभाग प्रमुख डा. सत्येन्द्र तिमिल्सिना, डोल्मा फाउन्डेसनका अध्यक्ष टिम गोचर, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र नाइमा अध्यक्ष वैद्य सहभागी थिए।

पहिलो दिनको ‘लर्निङ सेसन’मा मात्रै ३ सयभन्दा बढी सहभागी भएको आयोजकले जनाएको छ। एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञको सहभागितामा लर्निङ सेसन, पोलिसी डाइलग र उद्योग अन्तरक्रिया लगायतका कार्यक्रम सञ्चालन हुनेछन्। यस्तै, ग्रान्डी इन्टरनेसनल हस्पिटलले सडक दुर्घटनापछि तत्काल गरिने प्राथमिक उपचार तथा ‘बेसिक लाइफ सपोर्ट’ सम्बन्धी जानकारीमूलक प्रस्तुति दिएको थियो।

विद्युतीय सवारी मुख्य आकर्षण

नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता छ।

एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।

सवारी खरिदलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले विभिन्न अफर तथा सहुलियत कर्जा योजना समेत सार्वजनिक गरेका छन्। यसले एक्स्पोलाई नयाँ सवारीसाधन प्रदर्शनसँगै बिक्री र वित्तीय सेवाको मञ्चका रूपमा समेत अघि बढाएको छ।

६ दिनसम्म सञ्चालन

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ६ दिनसम्म, साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार एक्स्पोमा अटोमोबाइल उद्योगसँग सम्बन्धित विभिन्न कम्पनी, ब्रान्ड, वित्तीय संस्था, बिमा कम्पनी तथा प्रविधि प्रदायकको सहभागिता रहेको छ।

एक्स्पोको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक, बैंकिङ पार्टनरमा एनएमबी बैंक र सिद्धार्थ बैंक तथा इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स रहेका छन्।

त्यस्तै, बोस (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर, अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर तथा पठाओ नेपाल राइड पार्टनरका रूपमा रहेका छन्।

अक्वा मिनरल्स हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर, ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनर तथा हिकभिजन सर्भिलियन्स पार्टनरका रूपमा सहभागी छन्।

एक्स्पोमा आइएमई खल्ती टिकटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क अडियो–भिजुअल पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर तथा एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर रहेका छन्।

त्यसैगरी, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर, वल्र्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर तथा प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा रहेका छन्।

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...