IME Life
NIMB

चेरी वान्डाका ईभी भ्यान, बिना धितो हायर पर्चेज सुविधासहित नाइमा एक्स्पोमा

NIMB
leapmotornepal (citroen)

काठमाडौं, २६ साउन। काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा चेरी वान्डाले स्मार्ट विद्युतीय व्यावसायिक ईभी भ्यान प्रस्तुत गरेको छ । अगस्ट ११ देखि १६ (साउन २६ देखि ३१) सम्म सञ्चालन हुने एक्स्पोमा चेरी वान्डाका विभिन्न क्षमताका विद्युतीय व्यावसायिक सवारीको अवलोकन तथा विस्तृत जानकारी लिन सकिने कम्पनीले जनाएको छ ।

एक्स्पोमा नाइमा स्टल नम्बरः १६, हल डि मा चेरी वान्डाका ११, १२, १४ र १६ सिट क्षमताका विद्युतीय व्यावसायिक सवारी प्रदर्शनमा राखिएका छन् । व्यावसायिक तथा स्कुल, कलेजहरुलाई ध्यानमा राखेर तयार गरिएका ईभी भ्यानमा आधुनिक प्रविधि, पर्याप्त ब्याट्री क्षमता, उच्च पिक पावर र उत्कृष्ट ग्राउन्ड क्लियरेन्सलाई प्राथमिकता दिइएको छ ।

चेरी वान्डाका ११ र १२ सिटका मोडलमा ४१.८६ किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ७० किलोवाट पिक पावर, १८० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र एकपटकको चार्जमा ३०० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ । त्यस्तै, १४ सिट क्षमताको मोडलमा ५३.५८ किलोवाट सिएटिएल ब्याट्री, ८० किलोवाट पिक पावर, २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स तथा ३०० किलोमिटरसम्मको रेन्ज रहेको छ ।

त्यसैगरी, १६ सिट क्षमताको मिनी बस मा ५३.५८ तथा ७० किलोवाट क्षमताको सिएटिएल ब्याट्री, ८० तथा १२० किलोवाट पिक पावर, २१० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र मोडलअनुसार २८० देखि ३५० किलोमिटरसम्मको रेन्ज उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
व्यावसायिक प्रयोजनका लागि विद्युतीय सवारीतर्फ आकर्षण बढिरहेको अवस्थामा चेरी वान्डाका यी ईभी भ्यानले यात्रु तथा व्यावसायिक यातायातका लागि आधुनिक, आरामदायी र वातावरणमैत्री विकल्प प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसैबीच, चेरी वान्डाले ग्राहकलाई हायर पर्चेजमार्फत बिना धितो गाडी खरिद गर्ने सुविधा समेत उपलब्ध गराएको जनाएको छ । यसले व्यावसायिक सवारी खरिद गर्न चाहने ग्राहकलाई सहज र पहुँचयोग्य वित्तीय विकल्प उपलब्ध गराउने कम्पनीको विश्वास छ ।
एक्स्पोमा सहभागी आगन्तुक तथा ग्राहकले चेरी वान्डाका विद्युतीय व्यावसायिक सवारीका मोडल, विशेषता, रेन्ज तथा खरिदका लागि उपलब्ध वित्तीय सुविधाबारे प्रत्यक्ष जानकारी लिन सक्ने कम्पनीले उल्लेख गेको छ ।

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ...

वि.सं.२०८३ साउन २६ मंगलवार २२:०९

नाइमा एक्स्पोमा बुकिङ गर्दा नयाँ पञ्च ईभी ३२.९९ लाखमै, साथमा...

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:१२

  काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...