IME Life
NIMB

ह्युन्डाईले नेपालमा ल्यायो नयाँ भेन्यु र भेन्यु एन लाइन, मूल्य ४८ लाख ९६ हजारदेखि

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । ह्युन्डाईले नेपाली बजारमा नयाँ भेन्यु र यसको स्पोर्टी संस्करण भेन्यु एन लाइन सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडल सार्वजनिक गर्दै कम्प्याक्ट एसयूभी सेग्मेन्टमा आफ्नो उपस्थिति थप बलियो बनाउने तयारी गरेको हो।

नयाँ भेन्युलाई नयाँ डिजाइन, उन्नत प्रविधि, प्रदर्शन र सुरक्षाका सुविधासहित बजारमा उतारिएको छ। कम्पनीले नयाँ भेन्युलाई कम्प्याक्ट एसयूभी सेग्मेन्टमा थप प्रतिस्पर्धी उत्पादनका रूपमा प्रस्तुत गरेको छ।

भेन्युमा ट्विन होराइजन एलईडी डीआरएल, होराइजन एलईडी रियर ल्याम्प, एम्बिएन्ट लाइटिङ, १२.३ इन्च इन्फोटेनमेन्ट डिस्प्ले र ६ वटा एयरब्याग उपलब्ध छन्। डिजाइनसँगै प्रविधि र सुरक्षा सुविधामा पनि सुधार गरिएको कम्पनीको भनाइ छ।

नयाँ भेन्यु १.२ लिटर पेट्रोल र १.० लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। यी इन्जिनले आरामदायी ड्राइभिङसँगै दक्षता र प्रदर्शन दिने कम्पनीले जनाएको छ।

भेन्यु एन लाइनको मूल्य ६७ लाख ९६ हजार

ह्युन्डाईले भेन्युसँगै यसको थप स्पोर्टी संस्करण भेन्यु एन लाइन पनि सार्वजनिक गरेको छ। नियमित भेन्युभन्दा फरक डिजाइन तथा स्टाइलिङसहित ल्याइएको एन लाइनले विशेषगरी स्पोर्टी एसयूभी खोज्ने ग्राहकलाई लक्षित गरेको छ।

भेन्यु एन लाइनमा एन लाइन ब्रान्डेड सिट, एन लाइन ब्रान्डेड लेदर स्टेयरिङ ह्विल, सिग्नेचर रेड हाइलाइटसहितको बडी–कलर कन्ट्रास्ट तथा विशिष्ट एन लाइन स्टाइलिङ एलिमेन्ट्स राखिएका छन्।

स्पोर्टी डिजाइन भए पनि एन लाइनमा भेन्युको प्रविधि, आराम र व्यावहारिकतालाई कायम राखिएको कम्पनीले जनाएको छ। यसले दैनिक प्रयोगसँगै थप गतिशील ड्राइभिङ अनुभव दिने कम्पनीको दाबी छ।

४८ लाख ९६ हजारदेखि भेन्यु

नयाँ ह्युन्डाई भेन्युको सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ। कम्पनीका अनुसार भेन्यु तीन भेरियन्टमा उपलब्ध हुनेछ।यसमा S 1.2 पेट्रोल, SX 1.2 पेट्रोल र SX 1.0 टर्बो पेट्रोल भेरियन्ट रहेका छन्। त्यस्तै, भेन्यु एन लाइनको सुरुवाती मूल्य ६७ लाख ९६ हजार रुपैयाँ निर्धारण गरिएको छ।

ह्युन्डाईले नयाँ भेन्यु र भेन्यु एन लाइनलाई नेपालभरका आफ्ना शोरुममार्फत बिक्रीमा ल्याएको जनाएको छ। ग्राहकले नजिकको ह्युन्डाई शोरुममा पुगेर नयाँ मोडलको डिजाइन, प्रविधि, सुविधा तथा ड्राइभिङ अनुभव प्रत्यक्ष रूपमा लिन सक्नेछन्।

कम्प्याक्ट एसयूभी बजारमा प्रतिस्पर्धा बढिरहेका बेला ह्युन्डाईले नयाँ भेन्युमार्फत डिजाइन र प्रविधिसँगै मूल्यलाई समेत प्रतिस्पर्धात्मक बनाएको छ। नयाँ भेन्युले नेपाली बजारमा ह्युन्डाईको कम्प्याक्ट एसयूभी पोर्टफोलियोलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा बढी दर्शक, ४८ नयाँ मोडल सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पोको पहिलो दिनमै २९ हजारभन्दा...

वि.सं.२०८३ साउन २६ मंगलवार २१:५४

  काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)...

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम्...

वि.सं.२०८३ साउन २६ मंगलवार १५:११

  ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर...

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस” : व्यवसाय विस्तारसंगै उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

नेशनल लाईफको “रेजिङ द बार, रिडिफाइनिङ सक्सेस”...

वि.सं.२०८३ साउन २५ सोमवार २१:५५

  गोरखा । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चारदिने सम्मेलन...

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला जलविद्युत आयोजनामा वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दुध खोला...

वि.सं.२०८३ साउन २५ सोमवार २१:४८

  काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५...

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...