NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

नाइमा मोबिलिटी एक्स्पोको तयारी पूरा, ५५ भन्दा बढी ब्रान्ड सहभागी हुँदै

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गर्न लागेको नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को सम्पूर्ण तयारी पूरा भएको छ। भृकुटीमण्डपमा आगामी साउन २६ देखि ३१ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी हुने भएका छन्।

आयोजकका अनुसार एक्स्पो नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्रदर्शनीका रूपमा आयोजना हुँदैछ। एक्स्पोमा नयाँ सवारीसाधन, विद्युतीय मोबिलिटी, प्रविधि तथा दिगो यातायात प्रणालीसँग सम्बन्धित उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन्।

एक्स्पोको उद्घाटन साउन २६ गते बिहान ९ बजे नेपाल प्रहरी क्लबस्थित ब्लु प्याभिलियन अडिटोरियम हलमा हुनेछ। उद्घाटन कार्यक्रममा सरकारका विशिष्ट पदाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, उद्योग तथा व्यावसायिक क्षेत्रका प्रतिनिधि, नाइमा पदाधिकारी र अटोमोबाइल क्षेत्रका सरोकारवालाको सहभागिता रहनेछ।

प्रदर्शनीसँगै नीति र ज्ञानमा बहस

नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पोले नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था प्रदर्शन गर्नुका साथै भविष्यको दिशासमेत तय गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।

उनका अनुसार यसपटकको एक्स्पोमा प्रविधि, नवप्रवर्तन र दिगो मोबिलिटीका क्षेत्रमा भएका नयाँ विकासलाई नेपाली उपभोक्तासमक्ष पुर्‍याइनेछ। उद्योग क्षेत्रको उत्साहपूर्ण सहभागिताले एक्स्पोप्रतिको विश्वास थप बलियो बनाएको उनको भनाइ छ।

एक्स्पोमा सवारीसाधनको प्रदर्शनीसँगै लर्निङ सेसन, पोलिसी डाइलग र उद्योग अन्तरक्रियालगायतका कार्यक्रम सञ्चालन हुनेछन्। स्वदेशी तथा विदेशी विज्ञ, उद्योगका नेतृत्वकर्ता, विद्यार्थी तथा विभिन्न सरोकारवालाबीच ज्ञान र अनुभव आदानप्रदान गराउने आयोजकको तयारी छ।

अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव सारडाले प्रदर्शनीसँगै तालिम तथा जनचेतनामूलक कार्यक्रमलाई पनि प्राथमिकता दिइएको बताए। सुरक्षित तथा जिम्मेवार मोबिलिटीसम्बन्धी जनचेतना बढाउने र सीप विकासमा सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिने उनको भनाइ छ।

नाइमा कार्यकारी निर्देशक राजकुमार दुलालले एक्स्पो प्रदर्शनीसँगै सिकाइ र जनचेतनाको केन्द्र बन्ने बताए। उनले एक्स्पो अवधिभर आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन सरोकारवालालाई आग्रह गरेका छन्।

पहिलो दिन १ बजेदेखि, अन्य दिन ११ बजेदेखि खुला

उद्घाटन समारोह सकिएपछि साउन २६ गते दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो खुला रहनेछ। त्यसपछि बाँकी दिनमा भने बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म सर्वसाधारणले एक्स्पो अवलोकन गर्न सक्नेछन्।

एक्स्पोमा बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, चार्जिङ सेवा प्रदायक, प्रविधि कम्पनी तथा अन्य मोबिलिटीसम्बन्धी व्यवसायको समेत सहभागिता रहनेछ।

ग्लोबल आइएमई बैंक को–स्पोन्सर तथा रेडबुल पावर्डबाइका रूपमा रहेका छन्। एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र एनएलजी इन्स्योरेन्स इन्स्योरेन्स पार्टनरका रूपमा सहभागी छन्।

बोस (BOSCH) टेक्नोलोजी पार्टनर, ग्लोबल कलेज र एम्बार्क कलेज एजुकेसन पार्टनर तथा अग्नि इनर्जी र अजायल इन्जिनियरिङ सोलुसन्स चार्जिङ पार्टनर रहेका छन्। पठाओ नेपाल राइड पार्टनर, अक्वा मिनरल्स हाइड्रेसन पार्टनर, द सोल्टी काठमाडौं हस्पिटालिटी पार्टनर र ग्रान्डी इन्टरनेसनल हस्पिटल मेडिकल पार्टनरका रूपमा रहेका छन्।

एक्स्पोमा आइएमई खल्ती टिकटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल भेइकल सेफ्टी पार्टनर, मिडिया स्पेस सोलुसन्स म्यानेजमेन्ट पार्टनर तथा वल्र्डलिंक कम्युनिकेसन्स कनेक्टिभिटी पार्टनर रहेका छन्।

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ ले नयाँ सवारीसाधन तथा प्रविधि प्रदर्शनसँगै नेपालमा विद्युतीय तथा दिगो मोबिलिटीको विस्तार, लगानीको सम्भावना र नीतिगत बहसलाई समेत एउटै मञ्चमा ल्याउने अपेक्षा गरिएको छ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक, बुकिङ उत्साहजनक

नाइमा एक्स्पोमा दुई दिनमै ५५ हजार दर्शक,...

वि.सं.२०८३ साउन २७ बुधवार २२:००

  काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...