CG Electronics
IME Life
NIMB

शैक्षिक परामर्श क्षेत्रमा कानुनी सुरक्षा आवश्यक : लक्ष्मण पौडेल

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष लक्ष्मण पौडेलले शैक्षिक परामर्श क्षेत्रमा संस्थामाथि झुटा आरोप लगाएर बदनाम गर्ने प्रवृत्ति बढ्दै गएको बताएका छन् । बुधबार आयोजित ‘शैक्षिक परामर्श क्षेत्रको नियमन र सुरक्षा : कानुनी प्रक्रिया र संस्थागत सहकार्य’ कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले केही विद्यार्थीले सामाजिक सञ्जाल र मिडियाको प्रयोग गरेर परामर्श संस्थामाथि अनावश्यक दबाब सिर्जना गर्ने गरेको गुनासो गरे ।

उनले भने, ‘हामीले धेरै विद्यार्थीका उजुरी मात्रै सुनिरहेका छौं। तर कन्सल्टेन्सीहरूको उजुरी विद्यार्थीविरुद्ध कसरी गर्ने भन्ने प्रश्न उठेको छ । कुनै दोष नभए पनि मिडिया र युट्युबरको धम्की दिएर संस्थालाई दबाबमा पार्ने काम भइरहेको छ । यस्तो विषयमा प्रहरीसँग सहकार्य गरेर उचित सुनुवाइको व्यवस्था हुनुपर्छ ।’ उनले दुई दशकदेखि इमान्दारितापूर्वक काम गर्दै आएका कन्सल्टेन्सीहरू विद्यार्थीको धम्कीका कारण नगरेको गल्तीसमेत स्वीकार्न बाध्य हुने अवस्था सिर्जना भएको बताए ।

उनले भने, ‘२०औँ वर्षदेखि एउटा इन्डस्ट्रीमा स्ट्रङ होल्ड बनाएर इज्जतका साथ काम गरिरहेका अर्गनाइजेशनहरू बाध्य भएर नगरेको कामसमेत स्वीकारेर चुप लाग्नुपर्ने अवस्था आएको छ । अब यस्तो विषयमा हामीले प्रहरीमा कहाँ उजुरी गर्ने ? ती विद्यार्थीविरुद्ध उजुरी गर्दा पनि भोलिका दिनमा उनीहरूले मिडियाको साथ लिएर नगरेको गल्तीसमेत शिक्षकमाथि थोपर्ने काम भइरहेको छ । त्यसैले हामीलाई उजुरी दिनुपर्ने बाध्यता सिर्जना भएको छ ।

आगामी दिनमा यस्ता उजुरीहरूको सही ठाउँमा प्रहरीसमक्ष सुनुवाइ होस्, र प्रहरीसँग नजिकबाट सहकार्य गरेर काम गर्न पाऔँ ।’ अध्यक्ष पौडेलले यस्ता घटनाविरुद्ध कन्सल्टेन्सीहरूले कहाँ र कसरी उजुरी गर्ने भन्ने स्पष्ट संयन्त्र आवश्यक रहेको उल्लेख गरे । उनले आगामी दिनमा प्रहरीसँग नजिकबाट सहकार्य गरेर यस्ता उजुरीको सुनुवाइ हुनुपर्नेमा जोड दिए । उनले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउन कानुनी प्रक्रिया प्रभावकारी बनाइनुपर्ने धारणा पनि राखे ।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...