NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

लियोनमी पी३ सिरिज नेपाली बजारमा: प्रिमियम फिचर्ससाथ पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

NIMB
leapmotornepal (citroen)

 

नेपाली स्मार्टफोन बजारमा आफ्नो बलियो उपस्थिति जनाउँदै लियोनमीले आफ्ना दुई नयाँ अत्याधुनिक स्मार्टफोनहरू, पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी आधिकारिक रूपमा सार्वजनिक गरेको छ। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच असार १, २०८३ मा कम्पनीले यी नयाँ मोडलहरू नेपाली उपभोक्तामाझ ल्याएको जानकारी दिएको हो।

कम्पनीका अनुसार यो नयाँ सिरिजले उच्च कार्यक्षमता, आकर्षक डिजाइन र अत्याधुनिक एआई प्रविधिको समीश्रण मार्फत प्रयोगकर्ताहरूलाई एउटा बिल्कुलै नयाँ र परिष्कृत डिजिटल अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ।

नयाँ सार्वजनिक गरिएको प्रिमियम मोडल लियोनमी पी३ अल्ट्रा फाइभजीमा शक्तिशाली डाइमेंसिटी ८३५० अल्ट्रा चिपसेट समावेश गरिएको छ, जसले मल्टिटास्किङ र गेमिङलाई अत्यन्तै सहज बनाउँछ। लामो समयको ब्याकअपका लागि यसमा ६००० एमएएचको शक्तिशाली टाइटन ब्याट्री जडान गरिएको छ भने यसलाई छिटो र प्रभावकारी रूपमा चार्ज गर्न ८० वाटको अल्ट्रा चार्ज प्रविधि उपलब्ध छ।

केवल ७.३८ मिलिमिटरको अल्ट्रा स्लिम डिजाइन र आकर्षक ग्लोइङ लुनार डिजाइनमा उपलब्ध यो स्मार्टफोनमा पानी र धुलोबाट जोगाउन अत्याधुनिक आईपी६९ स्तरको एन्टि-वाटर रेजिस्टेन्ट सुविधा दिइएको छ। दृश्य अनुभवलाई उत्कृष्ट बनाउन यसमा १.५ के क्वाड-कभ्ड एमोलेड डिस्प्ले राखिएको छ भने ओआईएस प्रविधिसहितको सोनी ५० मेगापिक्सेल एआई क्यामेराले कम उज्यालोमा पनि उत्कृष्ट तस्बिरहरू खिच्न मद्दत गर्दछ।

यसका साथै फोनमा ६०५० वर्ग मिलिमिटरको एरोस्पेस भिसी कुलिङ प्रणाली, १२ जीबी र्याम, २५६ जीबी आन्तरिक भण्डारण क्षमता, जीटी बुस्ट, लियोनमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर र एन्टिना एरे म्याट्रिक्स जस्ता उच्चस्तरीय विशेषताहरू समावेश छन्। बजारमा लियोनमी पी३ अल्ट्रा फाइभजी १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट ग्लोइङ लुनार ह्वाइट र नेप्च्युन ब्लु रङहरूमा मात्र ६५,९९९ रुपैयाँमा उपलब्ध हुनेछ।

त्यसैगरी, लियोनमीले मध्यम दायराको बजेटमा उत्कृष्ट फिचर्स खोज्ने उपभोक्ताहरूका लागि पी३ फाइभजी पनि बजारमा ल्याएको छ। यस फोनमा दैनिक कार्य सम्पादन र गेमिङलाई तीव्र बनाउन क्वाल्कम स्न्यापड्रैगन ६ जेन ४ फाइभजी चिपसेट प्रयोग गरिएको छ।

यस मोडलमा पनि प्रयोगकर्ताको सहजताका लागि ६००० एमएएचको विशाल टाइटन ब्याट्री र ४५ वाटको फास्ट चार्ज सुविधा प्रदान गरिएको छ। गेमिङ गर्दा फोन तातो हुन नदिन एरोस्पेस कुलिङ प्रणाली र सहज भिजुअलका लागि १२० हर्जको एमोलेड ई-स्पोर्ट्स डिस्प्ले यसमा उपलब्ध छ।

पानी र धुलोबाट सुरक्षाका लागि यसमा आईपी६६, आईपी६८ र आईपी६९ को त्रिविध सुरक्षा मापदण्ड अपनाइएको छ। यसको बडी ७.९७ मिलिमिटरको अल्ट्रा स्लिम डिजाइनमा तयार पारिएको छ भने यसमा अधिकतम २६ जीबीसम्मको र्याम (डाइनामिक र्याम सहित) र २५६ जीबीको रोम क्षमता रहेको छ।

फोटोग्राफीका लागि ५० मेगापिक्सेलको आर्टिफिसियल इन्टेलिजेन्स क्यामेरा, एआई बुस्ट, जीटी बुस्टका साथै एन्ड्रोइड १५ मा आधारित लियोनमी यूआई ६.०, डुअल स्टेरियो स्पिकर र एन्टिना एरे म्याट्रिक्स २.० जस्ता आधुनिक सुविधाहरू यसमा समावेश छन्।

लियोनमी पी३ फाइभजी ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा स्टरलाइट ग्रिन र कमेट ग्रे रङहरूमा ४४,९९९ रुपैयाँमा खरिद गर्न सकिनेछ। यस नयाँ सिरिजको सार्वजनिकसँगै लियोनमीले नेपाली उपभोक्ताहरूलाई सधैं नवीन प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट र प्रिमियम अनुभव प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः निरन्तरता दिएको स्पष्ट पारेको छ।

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द गर्दै एनसेल

दुईसय भन्दा बढी टावरमा थ्रीजी सेवा बन्द...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:२२

  काठमाडौं । एनसेलले फोरजी नेटवर्क विस्तारसँगै विभिन्न जिल्लाका थप...

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर

यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि–अडिसन छिट्टै सुरु हुँदै,...

वि.सं.२०८३ साउन ३१ आइतवार २३:५३

  काठमाडौं, नेपाल – १३ अगस्ट, २०२६ – हिमालय रोडिजको...