CG Electronics
IME Life
NIMB

काठमाडौंमा पाकिस्तान दूतावासद्वारा निबन्ध तथा वक्तृत्व प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण

NIMB
Himalayan Bank

 

काठमाडौं । पाकिस्तान दूतावास, काठमाडौंले १३औँ वार्षिक ‘पाकिस्तानका राजदूत निबन्ध लेखन प्रतियोगिता’ तथा ९औँ वार्षिक ‘पाकिस्तानका राजदूत वक्तृत्वकला प्रतियोगिता–२०२६’ का विजेताहरूलाई पुरस्कार वितरण गरेको छ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथि रहेका थिए।

यस वर्ष पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाको १५०औँ जन्मजयन्तीको अवसरमा “कायदे–आजम मोहम्मद अली जिन्नाले संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलधारमा ल्याएको भूमिका” विषयमा निबन्ध प्रतियोगिता आयोजना गरिएको थियो।

निबन्ध प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालय, काठमाडौंका प्रतिक पोखरेल प्रथम, चाँदबाग विद्यालय, काठमाडौंका दक्षेश घिमिरे द्वितीय तथा प्राञ्जली वर्ल्ड स्कूल, काठमाडौंका नितिन थापा तृतीय भएका छन्। विजेताहरूलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो। साथै उत्कृष्ट १२ अन्य विद्यार्थीलाई पनि विशेष नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको दूतावासले जनाएको छ।

त्यसैगरी वक्तृत्वकला प्रतियोगितामा उच्च माध्यमिक तथा विश्वविद्यालय तहका विद्यार्थीहरूले “के कृत्रिम बुद्धिमत्ताले पुस्तकालयलाई विस्थापित गर्नेछ?” विषयमा आफ्नो धारणा प्रस्तुत गरेका थिए।

प्रतियोगितामा रिलायन्स कलेज, काठमाडौंकी विश्वकला नेपाल प्रथम, नेशनल ल कलेज, काठमाडौंका छिरिङ तामाङ द्वितीय तथा सेन्ट जेभियर्स कलेज, मैतीघरका बिप्युम चौलागाईं तृतीय भएका छन्। सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिएको थियो।

दूतावासका अनुसार नेपालभरका ५० भन्दा बढी उच्च माध्यमिक विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीहरूले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिता पछिल्ला दुई सातादेखि चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो।

समापन मन्तव्यका क्रममा राजदूत हाश्मीले विद्यार्थीहरूको समालोचनात्मक सोचको प्रशंसा गर्दै यस्ता कार्यक्रमले नेपाल र पाकिस्तानबीचको सम्बन्ध अझ मजबुत बनाउन सहयोग पुग्ने बताए।

दूतावासका अनुसार यी दुवै प्रतियोगिता क्रमशः विगत १३ र ९ वर्षदेखि निरन्तर आयोजना हुँदै आएका छन् र नेपाली युवामाझ लोकप्रिय छन्।

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मन वित्तीय संस्था डिएसआईकेबीच रणनीतिक साझेदारी

दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र...

वि.सं.२०८३ असार २४ बुधवार २०:४०

  काठमाडौं । सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई...

वि.सं.२०८३ असार १९ शुक्रवार १४:३१

  नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको...

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने मन्त्री यादवको तयारी

आयल निगममा वार्षिक करोडौको ओभरटाइम भत्ता कटौती...

वि.सं.२०८३ असार १८ बिहीवार १६:१६

काठमान्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले नेपाल...

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा नियुक्त

त्रिवि सेवा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापा...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५८

  काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगको अध्यक्षमा नेपाल सरकारका...

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि विश्वविद्यालय रूपान्तरणसम्म

शिक्षा मन्त्रालयको १०० दिन : परीक्षा सुधारदेखि...

वि.सं.२०८३ असार १८ बिहीवार ०६:५३

काठमाडौँ । वर्तमान सरकार गठन भएयता परीक्षा प्रणाली सुधार, विश्वविद्यालयमा...