CG Electronics
IME Life
NIMB

मर्जर प्रस्तावसहित एनआईसी एशिया लघुवित्तको साधारणसभा जेठ ३० मा

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । NIC Asia Laghubitta Bittiya Sanstha ले मर्जर प्रस्तावसहित आठौं वार्षिक साधारणसभा आह्वान गरेको छ।

संस्थाको जेठ ५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ ३० गते साधारणसभा गर्ने निर्णय गरेको हो। सभा धरान–१२ स्थित Gorkha Hotel मा बिहान ११ बजेदेखि सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव पेश गरिनेछ।

त्यस्तै आर्थिक वर्ष २०८२/०८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। संस्थापक समूहबाट ४ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालक चयन गर्ने प्रस्ताव पनि सभामा पेश हुनेछ।

विशेष प्रस्तावअन्तर्गत संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक संशोधन गर्ने तथा नियामक निकायबाट आवश्यक निर्देशन आए सोअनुसार संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ।

यससँगै अन्य ‘घ’ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त संस्थासँग गाभ्ने/गाभिने वा प्राप्ति (मर्जर) प्रक्रिया अघि बढाउन उपयुक्त संस्था पहिचान गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने तथा Nepal Rastra Bank बाट सैद्धान्तिक स्वीकृति लिन आवश्यक प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई दिने प्रस्ताव पनि सभामा पेश हुनेछ।

साधारणसभा प्रयोजनका लागि संस्थाले जेठ १९ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ। त्यसअनुसार जेठ २८ गतेसम्म Nepal Stock Exchange मा कारोबार भई कायम शेयरधनीहरू मात्रै सभामा सहभागी भई मतदान गर्न योग्य हुनेछन्।

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता

नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश...

वि.सं.२०८३ असार ३ बुधवार २२:३५

  काठमाडौं । नागरिक लगानी कोष र एभरेष्ट बैंक लिमिटेडबीच...

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहलको माग

नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक...

वि.सं.२०८३ असार ३ बुधवार २२:२७

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भारतीय चिया बोर्डले...

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान

पाकिस्तानद्वारा २०० भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति...

वि.सं.२०८३ असार ३ बुधवार २२:२०

  काठमाडौं, १७ जुन २०२६ — नेपालस्थित पाकिस्तान दूतावासले १४औँ...

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको शिक्षामा साथ

आईएमई इन्स्योरेन्सद्वारा फेलोसिप सोसाइटीलाई सहयोग, दृष्टिविहीन विद्यार्थीको...

वि.सं.२०८३ असार ३ बुधवार २२:१३

  काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत...

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६ राइड एन्ड विन’ अभियान सार्वजनिक

इन्ड्राइभ नेपाल र डीजीओद्वारा ‘विश्वकप फुटबल २०२६...

वि.सं.२०८३ असार ३ बुधवार २२:०९

काठमाडौं । इन्ड्राइभ नेपालले नेपालमा विश्वकप फुटबल सामग्रीको आधिकारिक प्रसारणकर्ता...

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी खरिदमा ८० प्रतिशतसम्म फाइनान्स सुविधा

एमएडब्लु अर्थमुभर्स र एभरेष्ट बैंकबीच सम्झौता, जेसीबी...

वि.सं.२०८३ असार ३ बुधवार २२:०४

  काठमाडौँ । एमएडब्लु अर्थमुभर्स (जेसीबी डिभिजन) र Everest Bank...