NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन ३१ आइतवार

skip this leapmotornepal (citroen)

मन्त्री गौरि यादबको निर्देशनपछि पेट्रोलपम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना गर्ने कानून तयार

NIMB
leapmotornepal (citroen)

 

नेपाल आयल निगम लिमिटेडले देशभरका पेट्रोलपम्पको नियमन गर्न बनाएको पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली संशोधन गरेर पम्प बन्द गर्ने व्यवसायीलाई तीन लाखदेखी १० लाख रुपैयाँसम्म जरिवाना र ५ दिनदेखी १५ दिनसम्म पेट्रोल, डिजेल बितरण रोक्का गर्ने कानूनी व्यवस्था गरिएको छ ।

पेट्रोलियम व्यवसायीले मूल्य घट्ने अनुमान गर्दै मंगलबार आयल निगमको डिपोबाट तेल नउठाउँदा बुधबार बिहानदेखी दिनभर देशभर इन्धन आपूर्ती असहज भएको थियो ।

अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ती असहज गर्ने व्यवसायीलाई कारबाही गर्ने कानूनी आधारसमेत नभेटिएपछि उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री गौरीकुमारी यादवले बुधबार साँझ नै नयाँ कानूनी व्यवस्था गर्न निर्देशन दिनुभएको थियो ।

मन्त्री यादवको निर्देशन लगत्तै बुधबार साँझ नै निगमको संचालक समिति बैठक बसेर पेट्रोलियम पदार्थ बिक्रेता बिनियमावली, ०७५ को दफा २९ घ (१) मा ‘बिक्रेताले नोजल सुख्खा (ड्राई) गरी पेट्रोलियम पदार्थ नपाउने स्थिति सिर्जना गर्न नहुने’ भन्ने बाक्य थपिएको छ ।

उक्त कसुरमा पहिलो पटकलाई ३ लाख जरिवाना र ५ दिनसम्म निगमको डिपोबाट इन्धन आपूर्ती रोक्का, दोस्रो पटकलाई ६ लाख जरिवाना लिई १० दिन आपूर्ती बन्द र तेस्रो पटक भए १० लाख जरिवाना लिई १५ दिनलाई आपूर्ती बन्द गर्ने व्यवस्था राखिएको छ ।

यो व्यवस्थाका कारण आउँदा दिनमा कुनै पनि पेट्रोलपम्प उचित कारण बिना बन्द गरेको भेट्टिए कारबाही हुने सुनिश्चित भएको छ ।

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक चार्जमै ३०० किमीसम्म चल्ने दाबी

नाइमा एक्स्पोमा ग्यारोको नयाँ ‘डीटी–८६ म्याक्स’, एक...

वि.सं.२०८३ साउन ३१ आइतवार ११:१८

  काठमाडौं । नेपालमा विद्युतीय दुईपांग्रे सवारीको बजार तीव्र रूपमा...

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक, एनक्यूआई स्पोर्ट्सको मूल्य ७८ हजार रुपैयाँ घट्यो

नाइमा एक्स्पोमा नाइयुका ३ नयाँ स्कुटर सार्वजनिक,...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:३४

  काठमाडौं । स्मार्ट विद्युतीय मोबिलिटी ब्रान्ड नाइयु (NIU) ले...

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय ११ युनिट बुकिङ, २५० डुअल सबैभन्दा धेरै बिक्री

नाइमा एक्स्पोमा सीएफमोटोको ५ दिनमै १ सय...

वि.सं.२०८३ साउन ३१ आइतवार ०९:२५

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा...

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८ फाइनलिस्टसँग निर्वाण चौधरीको भेट

क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल का ८...

वि.सं.२०८३ साउन ३० शनिवार ११:०२

  काठमाडौं ।  क्विक्स स्न्याक्स भ्वाइस किड्स नेपाल सिजन–५ का...

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

HONOR ले सार्वजनिक गर्‍यो क्रान्तिकारी रोबोट फोन

वि.सं.२०८३ साउन ३० शनिवार ००:३१

  काठमाडौं । विश्वकै अग्रणी कृत्रिम बुद्धिमत्ता तथा स्मार्ट उपकरण...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन ३० शनिवार ००:२०

काठमाडौँ । एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको छ। यो...