nic bank
himalayan everesat
Nmb bank

यूनाइटेड इन्स्योरेन्सको नाफा बढ्यो उत्साहजनक प्रगति

sanimareliance life
मिडिया स्पेस सोलुसन्स प्रालि
Machhapuchchhre Bank

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा प्रगति देखिएको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३७ करोड ८५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २४ करोड ७१ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस्तो आर्जन ५३ दशमलव १२ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । १ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ करोड १८ लाख रुपैयाँ संचिती रहेको छ । बीमा कोषमा ३३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ५ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा ३३४ दशमलव ९२ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्ममा कम्पनीले १४ करोड ८६ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १० करोड ३४ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलानामा कम्पनीको खुद दाबी भुक्तानी ४३ दशमलव ६८ प्रतिशतले बढी हो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १३ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४४ रुपैयाँ ०१ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात १३९.७७ गुणा रहेको छ ।

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु, बिजुली खपत बढाउने सन्देश दियौं – कार्की

विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:२२

  विद्युतीय सवारी (इभी) र्‍यालीसँगै हिमालयन हाइड्रो एक्स्पो २०२४ सुरु...

स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:१६

  काठमाडौं । नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका...

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल-कतार संयुक्त बाणिज्य परिषद स्थापना महासंघ र...

वि.सं.२०८१ वैशाख १२ बुधवार १७:०६

  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त...

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच...

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:०८

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा...

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष  ढकाल

नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी...

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:५७

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र रुसबीचको...

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति पौडेल

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो :...

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च...