CG Electronics
IME Life
Ncell NPL

दिपक मल्होत्राले चीनबाट२२५० थान अक्सिजन सिलीण्डर नेपाल ल्याउदै

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौ ।आइ.एम.एस.ग्रुपका अध्यक्ष ब्यबसायी दिपक मल्होत्राले चीनबाट२२५० थान अक्सिजन सिलीण्डर नेपाल ल्याउन लागेका छन। कोरोना महामारीको दोश्रो लहर संगै नेपालमा देखीएको अक्सिजन सिलीण्डरको चरम अभाबले थुप्रै नेपालीले ज्यान गुमाईरहेको बेला नेपाल चेम्बर अफ कर्मसका उपाध्यक्ष समेत रहेका ब्यबसायी मल्होत्राले चीनबाट सिलीण्डर नेपाल ल्याउन लागेका हुन।

मल्होत्राको डिएम फाउन्डेशनले सिलीण्डर नेपाल ल्याउन लागेको हो। चीनबाट ल्याईने २२५० थान सिलीण्डर मध्ये ५००थान सिलीण्डर अक्सिजनको अभाबमा कोरोना संक्रमितको उपचार गर्न समस्या भएका सरकारी अस्पताललाई निशुल्क बितरण गर्ने उनले जानकारी दिएका छन। निजी अस्पताललाई भने अक्सिजन सिलीण्डर खरीदको लागत मुल्यमा दिईने र बाकी सिलीण्डरलाई नेपाल चेम्बर अफ कर्मसलाई निशुल्क उपलब्ध गराउन लागीएको मल्होत्राले बताएका छन।

नेपालमा पछिल्लो समय देखीएको अक्सिजन अभाबलाई परीपुर्ती गर्न सकिने बताउदै मल्होत्राले अब नेपालमा अक्सिजनको अभाब नहुने बताएका छन।।उनले भने ‘अब नेपालमा अक्सिजनको अभाब हुदैन हाम्रो अहिलेको मुख्य समस्या भनेको ग्यासको हो र त्यसको कसरी समाधान गर्न सकिन्छ भन्नेबारेमा समेत पहल गरीरहेका छौ। ’

उनले भने। बिगतको कोरोना महामारीमा मास्कको चरम अभाब हुदा पनि मल्होत्राले दैनिक ८०हजार सम्म मास्क उत्पादन गरी बिक्री बितरण गरेका थिए।मास्कको हाहाकार भएको त्यतिबेला मल्होत्राको कम्पनीले दैनिक ८० हजारसम्म मास्क उत्पादन गरेर बाजारमा मास्कको अभाव हुन दिएको थिएन ।

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...