CG Electronics
IME Life
Ncell NPL

काठमाडौँ महानगर क्षेत्रमा ४ दिनमा ४३ हजार १८ जनाले लिए कोरोना विरुद्धको भेरोसेल खोप

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौँ । जेठ २ देखि ५ गतेसम्ममा काठमाडौँ महानगरका खोप केन्द्रबाट ४३ हजार १८ जनाले कोविड विरुद्धको खोप भेरोसेल ९चाइनीज खोप० लिएका छन् ।

यो संख्या महानगरका वडास्तरीय ३२ वटा खोप केन्द्र र त्रि। वि। शिक्षण अस्पतालमा भएको एउटा गरी ३३ वटा खोप केन्द्रको संख्या हो । यसमा २३ हजार ४८५ जना पुरुष र १९ हजार ५३३ जना महिला हुनुहुन्छ । जेठ ५ गते मात्र ५ हजार ८४७ पुरुष र ५ हजार ८९४ जना महिला गरी ११ हजार ७४१ जनाले खोप लिनुभएको थियो ।

यी मध्ये सबैभन्दा धेरै वडा २६ को खोप केन्द्र वडा लैनचौर २ हजार ४९२ जनाले खोप लिएका छन् भने त्यसपछि वडा १६ को १६ को बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल केन्द्रबाट २ हजार ४२७ जनाले खोप लिए । तेस्रोमा वडा ३२ बाट २ हजार ३८५ जनाले खोप लिएका छन् ।

महानगरका ११ वटा वडामा खोप लिनेको संख्या १ हजारभन्दा कम रहेको छ । यी वडाहरुमा सबैभन्दा थोरै, वडा १९ बाट १ सय ९७ जनाले, त्यसपछि वडा २० मा ३ सय ९४ जना र तेस्रोमा वडा २४ मा ४०८ जनाले खोप लिएका छन् ।

त्यसपछि वडा २१, २८, २३, २२, १८, ८, २५ र ३० मा क्रमशः ४ सय १९, ४ सय ४२, ४ सय ८७, ५ सय २५, ७ सय ६, ७ सय २९, ८ सय १३ र ९ सय ५ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैशाख २५ गतेको निर्णयअनुसार महानगरपालिकासहित जेठ २ गतेबाट काठमाडौँ जिल्लामा कोविड १९ विरुद्धको चिनियाँ खोप भेरो सेलको दोस्रो मात्रा लगाउन सुरु गरिएको हो । यसमा ०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा खोप लिएकाहरुलाई जेठ २ गते दोस्रो डोज लगाइएको थियो ।

जेठ ११ गतेसम्म चल्ने खोपमा ९०७७० चैत २५ गतेदेखि बैशाख १५ गतेसम्म पहिलो मात्रा १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिइँदैछ । यसका लागि तोकिएका दिनमा तोकिएका आफूलाई नजिक पर्ने खोप केन्द्रमा गएर खोप लगाउने व्यवस्था मिलाइएको छ ।

यस अवधिमा हरेक दिन विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म पहिलो मात्रा लगाएको कार्ड लिएर खोप केन्द्रमा गएपछि खोप लिन पाइन्छ ।

दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको हो । जसअनुसार २०७७ चैत २९ र ३० गते पहिलो खोप लिएका व्यक्तिहरुले जेठ ३ गते, ०७७ र्चैत ३१ र ०७८ बैशाख २ गते पहिलो खोप लगाएकाले जेठ ४ गते र बैशाख ३ र ४ गते पहिलो खोप लगाएकाले बैशाख ५ गते दोस्रो मात्राको खोप लगाएका छन् ।

बैशाख ५ र ६ गते पहिलो खोप लगाएकालाई दोस्रो खोप दिइँदैछ । भोलि ९जेठ ७ गते० बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकालाई र पर्सि ९जेठ ८ गते० बैशाख ११ र १२ गते पहिलो खोप लिएकालाई दोस्रो मात्रा खोप दिइनेछ ।

बैशाख १३, १४ र १५ गते पहिलो मात्रा लिएकाहरुलाई क्रमशः जेठको ९, १० र ११ गते दोस्रो खोप दिइनेछ ।
महानगरमा भएका खोप केन्द्रहरुको व्यवस्थापन र लाभग्राहीका बारेमा जानकारी लिन महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली सहित अधिकारीहरु खोप केन्द्रमा निरीक्षणका लागि जाने गर्नु भएको छ ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...