CG Electronics
IME Life
Ncell NPL

विभिन्न ९अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर उद्योग परिसंघद्धारा हस्तान्तरण

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिन्डर हस्तान्तरण गरेको छ ।

परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मार्फत मंगलबार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन् । परिसंघले त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिन्डर हस्तान्तरण गरेको छ ।

परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङ्गलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोशी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको हो ।

स्वास्थ्य मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिएका छन् ।

मन्त्री त्रिपाठीले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गरेका छन् । परिसंघका अध्यक्ष्य सतिशकुमार मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताए । भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गरे ।

कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिन्डर अभाव भइरहेको छ ।

परिसंघले कोभिड संक्रमितको उपचारमा चाप व्यहोरेका अस्पतालका लागि सिलिन्डर उपलब्ध गराएको हो । कार्यक्रममा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल एवं उपाध्यक्ष सुलभ अग्रवालको उपस्थिति थियो ।

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन सूचना प्रविधिको विकास अपरिहार्य स् मन्त्री तिमिल्सिना

सार्वजनिक सेवालाई सरल, पारदर्शी र उत्तरदायी बनाउन...

वि.सं.२०८३ वैशाख १९ शनिवार १४:११

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री डा।विक्रम तिमिल्सिनाले सूचना...

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे डोजर

अनामनगर क्षेत्रका खोला किनारस्थित सुकुम्वासी बस्तीमा चलाइयाे...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:३८

काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारका सुकुम्वासी बस्तीमा अनधिकृत रूपमा...

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको आदेश

सरकारका गलत कार्यहरूको विरोधमा उत्रिन हर्क साम्पाङको...

वि.सं.२०८३ वैशाख १९ शनिवार १३:२८

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई९साम्पाङ०ले आफ्नो पार्टीलाई...

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...