CG Electronics
IME Life
NIMB

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षमा १४ अर्बको हकप्रद बिक्री गर्न अनुमति

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले चालु आर्थिक वर्षमा कूल रु १४ अर्ब चार करोड ९७ लाख सात हजार २५ बराबरको हकप्रद सेयर बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डको विवरण अनुसार चालु आवमा विभिन्न सात कम्पनीले हकप्रद सेयर बिक्रीका लागि अनुमति पाएका छन् । त्यसमा सबैभन्दा ठूलो परिमाणको हकप्रद सेयर भने हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेडको रहेको छ ।

नेपालको जलविद्युत् क्षेत्रको विकासका लागि स्थापना भएको सो कम्पनीले दर्जनभन्दा बढी आयोजनामा यसअघि नै लगानी गरिसकेको छ । कम्पनीको चुक्ता पूँजी रु २२ अर्ब पुर्याउने लक्ष्यका साथ एचआडिसिएलले हकप्रद सेयर बिक्री गर्न लागेको हो । बोर्डले कम्पनीलाई रु ११ अर्ब बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । हाल रु ११ अर्ब बराबरको चुक्ता पूँजी भएको कम्पनीले हकप्रद सेयर बिक्री गरेपछि कूल पूँजी रु २२ अर्ब बराबर पुग्नेछ ।

कम्पनीले ७६२ मेगावाट क्षमताको तमोर जलाशयुक्त आयोजना र रोल्पामा आयोजनास्थल रहेको माडीखोला जलाशयुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयारी गरिरहेको छ ।

कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । बोर्डले यही असार ९ गते हकप्रद सेयर बिक्रीको अनुमति दिएको हो ।

यस्तै बोर्डले समृद्धि फाइनान्स कम्पनीलाई रु ३६ करोड ३९ लाख ६० हजार ६०० बराबरको हकप्रद सेयर बिक्रीको अनुमति दिएको छ । नागरिक लगानी कोषले समेत चालु आर्थिक वर्षमा नै हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो । कोषले रु १६ करोड ९७ लाख ५० हजार ६२५ बराबरको हकप्रद सेयर बिक्रीको अनुमति पाएको हो ।

यसैगरी, नारायणी डेभलपमेन्ट बैंकले रु एक अर्ब ३५ करोड ९२ लाख ५९ हजार २००, अरुण भ्याली हाइड्रोपावर कम्पनीले रु ५२ करोड ४१ लाख १९ हजार ७०० र अपि पावर कम्पनीले रु ५६ करोड ७० लाख बराबरको हकप्रद शेयर बिक्रीको अनुमति पाएको हो ।

यस्तै बोर्डले चालु आर्थिक वर्षमा मात्रै २३ वटा बैंक तथा वित्तीय संस्थालाई रु २३ अर्ब चार करोड बराबरको ऋणपत्र बिक्रीका लागि अनुमति दिएको छ ।

बोर्डले पछिल्लो पटक मैलुङ खोला जलविद्युत् आयोजनालाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएपछि चालु आर्थिक वर्षमा मात्रै कूल १९ कम्पनी पुगेका छन् । मैलुङ खोलाले रु सात करोड ३६ लाख २८ हजार बराबरको साधारण सेयर बिक्री गर्नेछ । बोर्डले कूल रु १४ अर्ब ४१ करोड ५९ लाख ५३ हजार ७०० बराबरको साधारण सेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ । ९रासस०

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई कबलकबचबचतजब२नmबष्।िअयm मा पठाउनु होला। ८फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो ८युटुब च्यानल पनि हेर्नु होला।

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि ६ लाख ५५ हजार ७ सय कित्ता सेयर जारी

एभरेष्ट कलरको आईपीओ आजदेखि खुला, सर्वसाधारणका लागि...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५७

  काठमाडौं । एभरेष्ट कलर लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक...

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको तलबमा केन्द्रीत भयो : राजेन्द्र दाहाल

बजेटले सिकाइमा सहजीकरण गरेन्, शिक्षक तथा कर्मचारीको...

वि.सं.२०८३ जेठ २२ शुक्रवार ०८:५४

काठमाडौं । वरिष्ठ पत्रकार एवम अध्येता राजेन्द्र दाहालले सरकारले आगामी...

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै बैंकिङ सेवा

सिटिजन्स बैंकका कर्पोरेट ग्राहकलाई एउटै प्लेटफर्मबाट सबै...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०७

  काठमाडौं । सिटिजन्स बैंकका कर्पोरेट ग्राहकले अब खाताको ब्यालेन्स...

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन गर्न ‘ऊर्जा दशक’ र सङ्कटकाल घोषणा गर्न इप्पानको माग

१० वर्षमा ३० हजार मेगावाट विद्युत् उत्पादन...

वि.सं.२०८३ जेठ २१ बिहीवार २३:०१

  काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का...

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल खारेज गर्न सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको जोडदार माग

विद्युत् उपभोक्तामाथि थपिएको ५ प्रतिशत भ्याट तत्काल...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:५४

  काठमाडौँ — सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघ–नेपाल (नेसन–NACEUN) ले...

उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि नयाँ मोडल ल्याउने तयारी

उत्पादन क्षमता विस्तार गर्दै प्रोटोन, नेपालमा पनि...

वि.सं.२०८३ जेठ २१ बिहीवार २२:३८

  काठमाडौँ — नेपालमा प्रोटोन ई.मास सेभेन १६० किलोवाट (Proton...