CG Electronics
IME Life
NIMB

मानुषी लघुवित्तको आइपीओ भर्नेको लाग्यो ओइरो, आजै मात्र कतिले भरे ?

NIMB
Himalayan Bank

Chemplast Sanmar IPO: Offering open till 12 August: All you need to know about Chennai-based company-India News , Firstpost

काठमाडौँ ।  मानुषी लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ)मा आवेदनको ओइरो लागेको छ ।

कम्पनीको सेयर विक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट बैंकिङका अनुसार बुधबार ५ बजेसम्म ५ लाख ८१ हजार ६३३ जनाले ७९ लाख २ हजार ५१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २१.४३ गुणा धेरै हो ।

कम्पनीले बुधबारदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।

कुल निष्काशित आइपीओमध्ये ५ हजार ४६९ कित्ता कम्पनीका कर्मचारी र १९ हजार ६८८ कित्ता सामूहिक लागनी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९३ कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।

कम्पनीको आइपीओमा साउन ३१ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिभित्र विक्री नभएका भने ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

लघुवित्तको आइपीओमा धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखाका साथै मेरोसेयर मार्फत आवेदन दिन सक्नेछन् ।

कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयर एनपी बीबीबी (ट्रिपल बी) प्लस’ रेटिङ दिएको छ । यसले कम्पनीको समयमै दायित्व वहन गर्नसक्ने क्षमता औसतमा मध्यम रहेको जनाउँछ ।

हाल ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ निष्काशनपछि चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ।

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट चार अन्तर्राष्ट्रिय सम्मान

नेपाल एसबिआई बैंकलाई एशियन बैंकिङ एण्ड फाइनान्सबाट...

वि.सं.२०८३ असार २० शनिवार १८:५०

  काठमाडौं, असार १९ – नेपाल एसबिआई बैंक लिमिटेड सिंगापुरस्थित...

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर नियुक्त

बोश होम नेपालद्वारा अस्मी श्रेष्ठ ब्रान्ड एम्बेसडर...

वि.सं.२०८३ असार २० शनिवार १८:४४

  काठमाडौं । बोश होम एप्लायन्सेसले नेपालका लागि मोडल, उद्यमी...

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु उपकरण सार्वजनिक गर्‍यो

एलजीले नेपाली उपभोक्ताका लागि ‘एसेन्सियल सिरिज’ घरेलु...

वि.सं.२०८३ असार २० शनिवार १८:४१

  पोखरा, असार १९ – एलजी इलेक्ट्रोनिक्सले नेपाली उपभोक्तालाई लक्षित...

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन संघको अन्तरक्रिया सम्पन्न

परिवर्तनशील मिडिया र विज्ञापन व्यवसायबारे नेपाल विज्ञापन...

वि.सं.२०८३ असार १९ शुक्रवार २१:५०

  काठमाडौँ, असार १९ । नेपाल विज्ञापन संघ (आन)ले आफ्नो...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम...

वि.सं.२०८३ असार १९ शुक्रवार १६:३८

  ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) तथा...

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन, सेवा प्रवाह डिजिटल बन्दै

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योग मन्त्रीको छड्के अनुगमन,...

वि.सं.२०८३ असार १९ शुक्रवार १५:१२

  काठमाडौँ, त्रिपुरेश्वर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी...