IME Life
NIMB

सानिमा लाईफकाे साधारण शेयर शेयरधनीको हितग्राही खातामा जम्मा

NIMB
Himalayan Bank

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ ।

हाल कम्पनीको उक्त आईपीओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । यसै साता सूचीकरण सम्पन्न गरी कारोबार सूरू गर्ने तयारी गरिएको छ । नेप्सेमा सूचिकृत भएपछि लगानीकर्ताले उक्त सेयर कारोबार गर्न सक्नेछन् ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन २० गते, बुधबारदेखि साउन २४ गते आईतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड गरिएको थियो । ग्रोलाप्रथाबाट वितरण गर्दा ५ लाख ४० हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका थिए ।

कम्पनीको आईपीओमा २४ लाख १९ हजार ८ सय ४८ आवेदकबाट ३ करोड ६९ लाख ५१ हजार ८० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । कम्पनीको आईपीओले हालसम्मका सबै रेकर्डहरु ब्रेक गरेको थियो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसासम्म ओपनिङ रेञ्ज ९इउभल एचष्अभ च्बलनभ० निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५र७६ को प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १७ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३०९ रुपैयाँ ५१ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६र७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५र७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज तोकिनेछ ।

कम्पनीको आर्थिक वर्ष २०७६र७७ सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०९ रूपैयाँ ६७ पैसा रहेको छ । आर्थिक वर्ष २०७९र८० सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३९ रूपैयाँ ३३ पैसा पुग्ने प्रक्षेपण गरिएको छ ।

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको सबलीकरण

डिजिटल विभाजन न्यूनीकरण : आईसीटीमार्फत ग्रामीण विद्यालयहरूको...

वि.सं.२०८३ साउन १७ आइतवार २२:२७

बागलुङ, २०८२ साउन १७ । नेपाल इन्टरनेट फाउन्डेसन (एनआइएफ) ले...

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि :...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०८

  काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी...

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु तथा साना उद्योग महासंघको चिन्ता शान्तिपूर्ण समाधानमा जोड

अशान्तिले साना उद्योग धरापमा पर्ने नेपाल घरेलु...

वि.सं.२०८३ साउन १७ आइतवार २२:०२

  काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले सुनसरीको...

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न, उत्कृष्ट अभिकर्ता सम्मानित

आईएमई लाइफको ‘बिजनेश एक्सिलेन्स अवार्ड नाइट–२०२६’ सम्पन्न,...

वि.सं.२०८३ साउन १७ आइतवार १५:२३

  काठमाडौं। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना उत्कृष्ट अभिकर्तालाई...

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार

वि.सं.२०८३ साउन १७ आइतवार १३:५१

  काठमाडौं । विश्वव्यापी होम एप्लायन्स तथा प्रविधि ब्रान्ड माइडिया...

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण, शान्ति र संयमताको अपिल

पूर्वी तराईको हिंसात्मक घटनाप्रति नाडाको गम्भीर ध्यानाकर्षण,...

वि.सं.२०८३ साउन १७ आइतवार १०:०५

  काठमाडौं । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले...