CG Electronics
IME Life
Ncell NPL

एन आईसी एशिया बैंकको मोबाइल बैंकिङ्ग एप मार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

सहज एवं सबल बैंकिङ्गको मूल सिद्घान्त अनुरुप गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एन आई सी एशिया बैंकले समयअनुरुप विभिन्न ग्राहकमैत्री आकर्षक योजनाहरू ल्याउने क्रममा आफ्नो मोबाइल बैंकिङ्ग एप (NIC ASIA MoBank) ) मार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ ।

बैंकले २०७८ भाद्र १६ देखि कात्र्तिक १४ सम्म लागू हुने गरी ल्याएको यस योजनामा बैंकका ग्राहक महानुभावहरूले (NIC ASIA MoBank )प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क रुपमा रकम पठाउन सक्नुहुनेछ । क्भाि ज्भउि बैंकिङ्गको अवधारणा अनुरुप (NIC ASIA MoBank)  मार्फत नै आन्तरिक रेमिट्यान्स देशभर पठाउन सकिने यस नवीन सुविधाबाट बैंकका ग्राहक महानुभावहरूले आफ्ना परिवारजन तथा आफन्तजनलाई सहज रुपमा रकम पठाई योजनाको भरपुर लाभ उठाउन सक्नुहुनेछ ।

यस योजना अन्तर्गत ग्राहक महानुभावहरूले जुनसुकै स्थानबाट, जुनसुकै समयमा आफ्नो (NIC ASIA MoBank) बाट रेमिट रकम सहज रुपमा पठाउन सक्नुहुनेछ ।

यसका लागि ग्राहक महानुभावहरूले आफ्नो मोबाइलमा रहेको (NIC ASIA MoBank) भित्र रहेको  आइकनमा ट्याप गरेपश्चात् रेमिट्यान्स रकम, प्राप्त गर्नेको विवरण (नाम, मोबाइल नम्बर एवं ठेगाना) उल्लेख तथा रेमिट्यान्स पठाउनुको उद्देश्य छनौट गरी सुरक्षित रुपमा रेमिट्यान्स पठाउन सक्नुहुनेछ ।

यस माध्यमबाट पठाएको रकम देशभर रहेका यस बैंकका सम्पूर्ण शाखा तथा विस्तारित काउन्टरहरूका साथै १२ हजार भन्दा बढी रेमिट एजेन्टहरूबाट नगद रकम सहजै झिक्न सकिनेछ ।

कोभिड–१९ को महामारीको समयमा डिजिटल कारोबार गर्नुपर्ने आजको आवश्यकतालाई बैंकले ल्याएको यस योजनाबाट ग्राहक महानुभावहरूलाई बैंक शाखासम्म पुगेर भौतिक फारम भरी रेमिट्यान्स पठाउनुपर्ने झन्झबाट मुक्ति मिल्नुका अलावा वहाँहरूको अमूल्य समयको बचत भई महामारीका बीच भौतिक दुरी कायम गर्न समेत सहयोग मिल्ने विश्वास बैंकले लिएको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५६ शाखा कार्यालयहरू, ४७२ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ ।

२७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहक महानुभावहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।

देशको कुल जनसंखया मध्ये २० वर्ष उमेर समूह देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ । उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

जुन मुलुकको वाणिज्य बैंकहरूमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरूको तुलनामा छैठौं ठूलो योगदान रहेको छ । वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

देशको कुल जनसंख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामिण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

 

 

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’ लाई सम्मान तथा शुभकामना

सिटिजन लाइफद्वारा प्रतिनिधि सभा सदस्यहरु ‘सिटिजन लिडर्स’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:२१

काठमाडौं।  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रतिनिधि सभा निर्वाचन २०८२...

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न

नेशनल लाईफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार २१:०७

काठमाडौं। नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आन्तरिक पर्यटन प्रबद्धन...

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु गर्दै वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारलाई सशक्त बनाउने घोषणा

सामसङ नेपालले “Remit मा Benefit Campaign” सुरु...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:२३

  काठमाडौं, नेपाल – सामसङ नेपालले “Remit मा Benefit” नामक...

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट क्रिकेट टुर्नामेन्ट आयोजना गर्दै राउन्ड टेबल नेपाल

सन नेपाल लाइफको सहकार्यमा छैठौ इन्डोर कर्पोरेट...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:४०

  काठमाडौं । राउन्ड टेबल नेपालले छैटौँ संस्करणको इन्डोर कर्पोरेट...

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास र भविष्यको नयाँ मार्गचित्र सार्वजनिक

कंगारु एजुकेशनको २० वर्षे यात्रा: उपलब्धि, विश्वास...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १३:१६

काठमाडौं । नेपालको शैक्षिक परामर्श सेवाक्षेत्रको अग्रणी संस्था कंगारु एजुकेशन...

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’ सुरु

भृकुटीमण्डपमा ‘नेपाल मेडिकल एण्ड ल्याब एक्स्पो २०२६’...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:५५

  काठमाडौं। स्वास्थ्य सेवा, डायग्नोस्टिक तथा प्रयोगशाला क्षेत्रको विकास र...